१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना बीचमै सुरक्षित दैनिकी कसरी ?

सरकारले लामो समयको लकडाउनले ठप्प भएको दैनिक कामकाजलाई नियमित गर्न मिल्ने गरी लकडाउन खुकुलो पारेको छ । निजी जोर÷बिजारे गाडी चल्ने गरी र सीमित मात्र यात्रु राखेर चलाउने गरी सार्वजनिक वस । यसको साथै अत्यावश्यक व्यवसाय समेत संचालन गर्न मिल्ने गरी खुकुलो पारेको छ । तर कोरोना संक्रमणको जोखिम भने उत्तिकै रहेकोले सुरक्षा अपनाउन दैनिक अनुरोध गरिरहेको छ ।

कोरोना प्रभावित जिल्लाबाट अर्को जिल्लामा आवात–जावात बढिरहेको छ । । यो संगै सरकारले होम क्वारेन्टिनको नियम समेत लिएको छ । कोभिड १९ को औषधी उपचारको सुनिश्चत नभएसम्म हामी जोखिममा रहिरहने भएकोले यो अवधिमा पनि सजक भए दैनिकी चलाउन सकिने बिशेषज्ञ चिकित्सकहरूले सुझाएका छन्।

तर यस्ता्े अवस्थामा हरेक व्यक्ति र सेवाप्रदायक संस्थाले राम्रोसंग नियम पालना गरेमा मात्र कोभिड १९ बाट जोगिएर नियमित काम सुचारु गर्न सकिने उनीहरूको सुझाव छ । कोभडि १९ को अवधिमा पहिलो कुरा लक्षण नभएकाले संक्रमण सार्न सक्ने भएकोले पुर्णतया नियम पालना गर्नु पर्ने सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोला बताउँछन्। लक्षण नभएका व्यक्तिहरूले चर्को बोल्दा,खोक्दा कोरोना सार्न सक्छन्।  

यस्तो बेलामा सार्वजनिक यातायात चढ्ने व्यक्ति र संचालक दुवैले जनस्वास्थ्य व्यवसायी मापदण्ड पालना गर्नु पर्ने बास्तोलाको सुझाव छ । सार्वजनिक यातायातमा चढ्दा मास्क लगाउने, दुई मीटर भौतिक दुरी कायम राख्ने, बसमा चढ्ने बित्तिकै हरेक यात्रुलाई सेनिटाइजर प्रयोग गर्ने र सहचालक बोल्दा पहिलाको जस्तो कराएर नबोल्ने जस्ता नियम पालना गर्नुपर्छ ।  

त्यसै गरी अन्य व्यवसायी कम्पनी तथा कार्यालयहरूले प्रवेश गर्नु अघि ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग गर्ने, ज्वरो आएका र रुघाखोकी लागेका कामदारलाई काममा नलगाउने, हरेक कार्यालयमा हात धुने वेसिन र सावुनपानीको व्यवस्था गर्र्नुपर्छ । काममा लगाइने कार्यालयमा भेन्टिलेटर भएको कोठा हुनु पर्छ ।  

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान बिभाग संयोजक डा. शेर बहादुर पुनले खुकुलो लकडाउनमा सार्वजनिक यातायातमा स्वयं बस चालक र यात्रु दुबैको भूमिका महत्वपुर्ण हुने बताए । यो अवधिमा संचालकले सरकारको आँखा छलेर टनाटन यात्रु कोच्ने र जसरी पनि पुग्नु पर्ने भनेर कोचाकोच बसमा चढुन् यात्रु दबैले व्यवहार परिवर्तन गर्नुपर्ने डा.पुनको सुझाव छ । ‘कतै जानु छ भने केही समय अघि निस्कने तर खालि बस पर्खेरै जाने बानीको अभ्यास यात्रुले गर्नु पर्छ,’ डा.पुनले भने ।  

यात्रु र बससंचालक दुवैले जनस्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन नियमित प्रहरीले गर्नु उत्तिकै आवश्यक भएको उनी बताउँछन्। ‘कोभिड १९ नियन्त्रण नभएसम्म र यसको स्थायी उपचार नभएसम्म प्रहरी सार्वजनिक यातायात तथा अन्य सेवाप्रदायक स्थलमा चनाखो हुुनु पर्छ,’ डा. पुनले थप्दै भने । यी दुवै पक्ष भन्दा बढी चनाखो हरेक व्यक्ति हुनु पर्ने उनको सुझाव छ । ‘सहचालकले पहिला जस्तो ठूलो स्वरले यात्रु बोलाउनु भएन, बसको चुक्कुल, डण्डीमा संक्रमितले छोएपछि तीन घण्टासम्म भाइरस जीवित रहन सक्छ, पटक– पटक यस्ता ठाउँहरू सेनिटाइज गर्नु पर्यो,’ उनले भने ।  

गीत अभ्यास गर्दा, भाषण गर्दा र नारा लगाउँदा मुखवाट निस्कने छिटावाट कोरोना संक्रमण हुन सक्ने भएकोले यस्तो गतिबिधी पनि नगर्न सुझाए । ‘नजिक बसेर गीत गाउने अभ्यास गर्दा,हड्ताल गर्दा पनि कोरोना संक्रमण हुन सक्छ,’ डा.पुनले भने ।  

तर लक्षण नदेखिएकाहरूवाट सर्ने सम्भावना लक्षण देखिएकाहरूको तुलनामा कम हुन्छ । लक्षण भएकाहरूवाट खोक्दा टाढैबाट पनि सर्ने सम्भावना हुन्छ । कोभिड १९ को अवधिमा कसैको जुठो नखाने,अंकमाल नगर्ने, गुम्म परेको कोठामा नबस्ने गर्नुपर्छ ।  

कुनै पनि सतह तथा अपरिचित ठाउँ, शौचालय, भर्याङको डण्डी, टेबुल छोएपछि तथा सोफाको भाग छोएपछि हात धुनु अघि आँखा,नाक तथा अनुहारमा हातले नछुने बानीको अभ्यास गर्नु पर्छ ।  

कोभिड १९ को स्थायी उपचार तथा खोप नबनेसम्म जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अनुसन्धानले भीडभाडमा जाँदा नै बढी संक्रमण बढेको देखाएको जनाउँदै यो अवधिमा भीड हुने गतिबिधिमा सहभागी नहुनको लागि अपिल गरे । शुक्रबार नियमित पे्रस सम्मेलनमा डा.गौतमले भने, ‘दैनिकी चलाउन लकडाउन खुकुलो मात्र गरिएको हो, सार्वजनिक स्थल, बैंक, अस्पताल, बैठक, सभासम्मेलनमा बिस्तारै भीडभाड बढ्दै गएकोमा हामी चिन्तित छौं ।’ कोरोना बिरुद्धको लडाइँ जारी रहेकोले कारणबस घरबाहिर निस्कन परेमा यसबाट बच्ने उपाय अवलम्वन गरी कामलाई निरन्तरता दिन आग्रह गरे । 

डा.गौतमले यो अवधिमा लकडाउनमा जस्तै यसवाट बच्ने सवै नियम पालना गर्न शुक्रवार आग्रह गरे । भीडभाडमा नजाने,कसैलाई भेट्दा दुई मिटर टाढै बस्ने, भीडमा जानै परेमा भरपर्दो माक्सको प्रयोग गर्ने र केही बस्तु छोएपछि सावुन पानीले २० सेकेन्ड मिची–मिची हात धुने डा.गौतमको सुझाव छ ।

प्रकाशित: २ श्रावण २०७७ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App