७ आश्विन २०८१ सोमबार
image/svg+xml

उपत्यकाका ३ हजार नुमना परीक्षणमा ३ संक्रमित

काठमाडौं उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित स्थानमा नमुना संकलन गरी परीक्षण थालिएको र पहिलो चरणमा ३ हजार नमुना संकलन गरिएको जानकारी दिएको छ।

सैनिक जवानमा कोरोना पोजिटिभ

इलाम नगरपालिकास्थित जिल्ला समन्वय समिति भवनको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका सैनिकमा कोरोना संक्रमण देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा नेपाली सेनाका ३२ वर्षे जवानसहित ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

‘अमेरिकामा साढे ३ महिनाभित्रै कोरोनाविरुद्ध खोप आउँछ’

अमेरिकी विशेषज्ञ डा. एन्थोनी फाउचीले न्युज एजेन्सी रोयटर्ससँग उक्त समयभित्र खोप आउने सम्भावनाले आफू खुसी भएको बताएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ६७ संक्रमित, २ सय १३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक डिस्चार्ज हुनेको संख्या २ सय १३ छ। अहिलेसम्म ११२४९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

कोरोना संक्रमित कुटपिटको छानविन गर्न समिति गठन

कोरोना संक्रमित एक व्यक्तिलाई कुटपिट गरेको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

विद्यार्थी पढाउन ‘रेडियो कक्षा’

कोरोना संक्रमणको त्रासका कारण विद्यालय ठप्प रहेपछि दाङका स्कुले बालबालिकाहरुलाई रेडियोको माध्यमबाट पठनपाठन गराइएको छ । गत असारको पहिलो सातादेखि एफएम रेडियोको पहुँच रहेका स्थानीय तहहरुले रेडियो कक्षा सञ्चालन गरेका हुन् ।

बेलायतका वैज्ञानिकले पत्ता लगाए कोरोनाका नयाँ लक्षण

लन्डनको किंग्स कलेजका वैज्ञानिकले २० हजार कोरोना संक्रमितमा गरेको अनुसन्धानले ९ प्रतिशतमा छालाको समस्या देखिएको पाइएको हो ।

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित

भारतमा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

विश्वमा कोरोना संक्रमित ७८ लाख ७६ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् ।

थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

६९७ जना डिस्चार्ज हुँदा ११६ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ९० जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका २.२८ प्रतिशत हो । यो संगै १७ हजार एक सय ७७ पुगेको छ ।

उदयपुरका ६४ ले कोरोना जिते, हालसम्म ७६ संक्रमितमध्ये १२ उपचाररत

उदयपुरका १४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। चौदण्डीगढी नगरपालिका ६ सातधारेमा नवस्थापित ‘उदयपुर कोभिड–१९ अस्पताल’को आईसोलेसनमा राखेर उपचाररात ३ वर्षीया बालिकासहित १४ जनाले कोरोना जितेर बुधबार डिस्चार्ज भएका हुन्।

कोरोना भाइरसका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजार भन्दा बढी पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्