३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बेलायतका वैज्ञानिकले पत्ता लगाए कोरोनाका नयाँ लक्षण

प्रतिकात्मक तस्बिर

बेलायतका वैज्ञानिकले छाला चिलाउनु, डाबर, दाग देखिनु, रङ परिवर्तन हुनु पनि कोरोना संक्रमणका लक्षण हुन सक्ने बताएका छन्।

छालामा आउने यस्ता असामान्य परिवर्तनलाई उनीहरूले स्किन -यासेस भनेका छन्। यसलाई पनि कोरोना संक्रमणको लक्षणअन्तर्गत राख्न उनीहरूले राष्ट्रिय स्वास्थ्य सेवा निकायलाई अनुरोध गरेका छन्।  

लन्डनको किंग्स कलेजका वैज्ञानिकले २० हजार कोरोना संक्रमितमा गरेको अनुसन्धानले ९ प्रतिशतमा छालाको समस्या देखिएको पाइएको हो । अनुसन्धान टोलीका प्रमुख डा. मारिया फाल्चीले कोरोनाका बिरामीलाई केही हप्तासम्म छालाकाे समस्या देखिएको जानकारी दिए।  

यसमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि सहमित जनाएको छ।  

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा निकायले अहिलेसम्म ज्वरो आउनु, लगातार खोकी लाग्नु तथा सुँघ्ने शक्ति कमजोर बन्नुलाई कोरोना संक्रमणको लक्षणअन्तर्गत राखेको छ।  

डब्ल्लुएचओले भने शरीर दुख्नु, ज्वरो आउनु, टाउको दुख्नु, थकाइ लाग्नु, सुक्खा खोकी लाग्नु,  सास फेर्न गाह्रो हुनु, नाक बन्द हुनु, घाँटीमा समस्या आउनु, पखालासहित छालाको समस्यालाई कोरोनाका लक्षणमा राखेको छ।  

प्रकाशित: १ श्रावण २०७७ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App