२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

बंगलादेशले भन्योः भारतमा खेल्नु हाम्रो लागि सुरक्षित छैन

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का मिडिया समितिका अध्यक्ष अमजद हुसेन ले शनिबार भारतमा खेल्नु आफ्नो टोलीका लागि सुरक्षित नरहेको बताएका छन्। उनले यो निर्णय सरकारको रहेको स्पष्ट पारेका छन्।

‘हामीले सरकारसँग कुरा गरेका छौँ। सरकारले विश्वकप खेल्न भारत जानु हाम्रो लागि सुरक्षित नहुने बताएको छ, एक पत्रकार सम्मेलनमा अमजद हुसेनले भने, ‘न खेलाडीहरूका लागि, न पत्रकारहरूका लागि, न त टोलीसँग जाने अन्य कुनै व्यक्तिका लागि।’

उनले थपे, ‘यस्तो अवस्थामा हामीले आफ्ना खेलहरू श्रीलंकामा आयोजना गर्न अनुरोध गरेका थियौँ। तर पटक–पटक बैठक हुँदासमेत आईसीसीले यसमा सहमति जनाएन।’

अमजद हुसेनका अनुसार, यो सरकारको निर्णय भएकाले र आईसीसीबाट कुनै सकारात्मक जवाफ नआएकाले बंगलादेशसँग धेरै विकल्प बाँकी रहेन। उनले भने, ‘सुरक्षा कारणका कारण भारतमा खेल्नु हाम्रो लागि सुरक्षित छैन, यही कारणले यो निर्णय लिइएको हो।’

आगामी महिनादेखि सुरु हुन लागेको टी–२० विश्वकपमा भारतमा बंगलादेशले खेल्न अस्वीकार गरेपछि शनिबार आईसीसीले बंगलादेशको स्थानमा स्कटल्याण्ड ले प्रतियोगितामा भाग लिने पुष्टि गरेको छ।आईसीसीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्कटल्याण्डको टोली आईसीसी टी–२० विश्वकपमा बंगलादेशको सट्टामा खेल्ने जनाएको छ।

भारतसँग बढ्दो तनावका बीच सुरक्षा कारण देखाउँदै बंगलादेशले आफ्ना खेलहरू भारतबाहिर आयोजना गर्न आईसीसीसँग माग गरेको थियो। उसले भारतको सट्टा प्रतियोगिताको सह–आयोजक मुलुक श्रीलंका मा खेल गराउन आग्रह गरेको थियो।

टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ। पाकिस्तानका सबै खेलहरू श्रीलंकामै हुनेछन्। एजेन्सी

प्रकाशित: ११ माघ २०८२ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App