७ आश्विन २०८१ सोमबार
image/svg+xml

सार्वजनिक सवारी : 'अझै टुंगो छैन'

कोरोना भाइरस संक्रमणको त्रासका कारण सार्वजनिक सवारी चलाउन झन्डै चार महिनादेखि लगाएको रोकावट सरकारले केही खुकुलो त बनायो, तर यातायात व्यवसायीले सरकारी निर्देशन अटेर गरे । जिल्लाभित्र मात्रै सार्वजनिक सवारी संचालन गर्न पाइने सरकारी निर्णय यातायात व्यावसायीले मानेनन् ।

ताप्लेजुङका थप दुई संक्रमित डिस्चार्ज, थप एकमा संक्रमण

ताप्लेजुङमा थप २ जना कोरोना संक्रमित निको भएर बुधवार घर फर्किएका छन्। संक्रमित २ सहित ३० जनाको पीसीआर परीक्षणका लागि पठाईएकोमा उनीहरुसहित २९ जनाको परीक्षण रिर्पोट नेगेटिभ र एक जनाको पोजेटिभ आएको छ।

भारतमा एकैदिन २९ हजार बढी सङ्क्रमित

भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

ख्वप कलेजबाट कोरोना कोषमा सात लाख जम्मा

ख्वप कलेज, ख्वप मावि र शारदा क्याम्पस माविले संयुक्त रुपमा कोरोना संक्रमण कोषमा सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं जम्मा गरिदिएका छन् ।

चितवनमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण दर यथावत

मंगलबार २४ घण्टाभित्र परीक्षण भएका नमुना मध्येमा २.६ प्रतिशत अर्थात् एक सय १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक गम्भीर

कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको बताइएको छ।

खोटाङका नौ जना संक्रमितले जिते कोरोना

कोभिड–१९ बाट संक्रमित खोटाङका नौ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ बाट संक्रमित ११ जनामध्ये नौ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् ।

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक गम्भीर घाइते

कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो। भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका युवक सोमबारसँगै बसेका साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए। पुनको कुटाइबाट युवक गम्भीर घाइते छन्।

प्रदेश १ मा ३५ संक्रमित डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमण मुक्त भएर ३५ जना डिस्चार्ज भएका छन् । समाजिक विकास मन्त्रालयका अनुसार मंगलबार कोरोना मुक्त भएर प्रदेश १ मा ३५ जना डिस्चार्ज भएका हुन् ।

थप ११६ जनामा संक्रमण, ३४ डिस्चार्ज

मंगलबार नेपालमा कोरोना भाइरसका ११६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार ४ हजार ४ सय २२ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ११६ जनामा सं‌क्रमण देखिएको हो ।

नमुना संकलन सुस्त हुँदा संक्रमणको दर घट्यो

प्रदेश नं.५ मा क्वारेन्टिन र आइसोलेसनहरूमा भिड घटदै गएको छ । पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरूमा नमुनाको चाँप कम छ । भारत तथा तेश्रो मुलुकबाट फकर्नेहरूको संख्या नगण्य छ । यस अघि क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटि परीक्षण गरी घर पठाइएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएकालाई पनि १४ दिन आइसोलेसनमा राखेर परीक्षण नगरी घर पठाइएको छ ।

कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ। आइतबार ति सांसदसहित उनको सचिवालयका दुई जना कर्मचारीको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गरिएको थियो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले संसदलाई कोरोना संक्रमण भएको पुष्टी गरेको छ।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्