coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ख्वप कलेजबाट कोरोना कोषमा सात लाख जम्मा

ख्वप कलेज, ख्वप मावि र शारदा क्याम्पस माविले संयुक्त रुपमा कोरोना संक्रमण कोषमा सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं जम्मा गरिदिएका छन् । ख्वप कलेजका एक सय ६१ शिक्षक कर्मचारीहरुबाट पाँच लाख तीन हजार नौ सय चार, ख्वप कलेजका ८२ जना शिक्षक कर्मचारीहरुबाट दुई लाख २५ हजार सात सय ५८ र शारदा क्याम्पस उच्च माविको एक एकजना शिक्षकबाट ६ हजार सात सय ३० रुपैयाँं गरी कुल सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं कोषमा जम्मा गरिएको हो । यी तीनवटै शैक्षिक संस्थाहरु भक्तपुर नगरपालिका वडा नं ६ चाँंगुरोड दोकाचा भक्तपुरमा एकैस्थानमा रहेका छन् ।

नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार कार्यरत शिक्षक तथा कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिकमा पारिश्रमिक कट्टी गरी कोरोना संक्रमण कोषमा जम्मा गरिएको कलेजले जनाएको छ । सहप्राध्यापकहरुको सात दिन, उपप्रध्यापक, पूर्णकालिन वी शिक्षक र अधिकृतस्तरका कर्मचारीहरुको पाँंच दिन, पूर्णकालिन सी र मासिक आधारका शिक्षकहरुको तीन दिन र सहायकस्तर तथा श्रेणीविहीन कर्मचारीहरुको तीन दिन गरेर कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिक कट्टी गरी रकम जम्मा गरिदिएको कलेजले जनाएको छ । 

कलेजका प्राचार्य रुपक जोशीले यसअघि पनि विभिन्न समस्यामा कलेजका शिक्षक कर्मचारीहरुले यसरी नै सहयोग गर्दै आएको स्मरण गर्दै यो पटक पनि कोरोना कोषका लागि शिक्षकहरुले योगदान गरेको जनाए । तहअनुसार मर्का नपर्ने गरी सात दिनदेखि तीन दिनसम्मको तलब कट्टा गरी कोरोना कोषमा रकम जम्मा गरिदिएको उनले जनाए । सक्नेले सक्ने अनुसार माथिल्लो तहका सहप्राध्यापकहरुको सबैभन्दा बढी सात दिन र नसक्ने श्रेणीविहीनहरुको तीन दिनको मात्रै पारिश्रमिक कट्टा गरिएको उनले जनाए । मासिक पारिश्रमिक नभई कक्षा अनुसार पारिश्रमिक पाउने आंशिक शिक्षकहरुको कक्षा नभएकोले त्यस्ता शिक्षकहरुबाट पारिश्रमिक कटा नगरिएको उनले जानकारी गराए । 

यी कलेजहरुमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंचवटै संकायमा दश जोड दईदेखि स्नातकोत्तर तहसम्म पढाई हुन्छ । पाँंचवटै संकायमा पढाई हुने सम्भवतत यो भक्तपुरको एउटै मात्रै मावि हो । यी कलेजहरुमा झण्डै देशभरिका विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित: ३१ असार २०७७ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App