८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

छिमेक लघुवित्तद्वारा कोरोना कोषमा सहयोग

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक घनेन्द्र मादेनलाई हस्तान्तरित सामग्रीको सूची बुझाउँदै छिमेक लघुवित्त वित्तीय संस्थाका कर्मचारी । तस्बिर : खगेन्द्र/नागरिक

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई खाद्यान्नसहित बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शाखा प्रवन्धक ऋषिराम तिमल्सिनाले कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलाई यि सामग्री प्रदान गरेका हुन् । सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको भवन र भानुजन मावि अम्बिटारको आवास कक्षमा रहेका क्वारेन्टिनका लागि आवश्यक पर्ने नुन, तेल र चामलसहितका खाद्य सामग्री, तन्ना साबुन र सेनिटाइजरसहितका सामग्री प्रदान गरिएको तिमल्सिनाले जानकारी दिए ।  

भारतसहित तेस्रो मुलुकबाट गृह जिल्ला फर्किएका नागरिकलाई अहिले सदरमुकाम फुङ्लिङमा बनाईएका क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । होल्डिङ सेन्टरमा राखिएका भारतसहित तेस्रो मुलुकबाट गृह जिल्ला फर्किएका नागरिकलाई सदरमुकामबाटै स्वाब संकलन गरी त्यसको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्र सम्बन्धित पालिकामा पठाउन थालिएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले एकद्धार प्रणालीमार्फत पीसीआर परीक्षण प्रकृया सुरु भएकोले अबको आवश्यकतालाई क्वारेन्टिन र होल्डिङ सेन्टर केन्द्रित गर्नुपर्ने बताए ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यहाँ तत्कालका लागि ग्लोब्स् र सेनिटाइजर लगायतका सामग्रीको अभाव रहेको बताएको छ । सहयोग गर्ने निकायले ग्लोब्स् र सेनिटाइजरलाई प्राथमिकता दिन सक्ने समितिको ठहर छ । पीपीई, मास्क र थर्मलगनसहितका सामग्रीमा चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले पनि सहयोग गरेपछि यहाँका लागि ग्लोब्स् र सेनिटाइजर सहयोग क्षेत्र हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बुझाई छ ।

प्रकाशित: ३ श्रावण २०७७ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App