१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रोल्पामा १३ जनामा कोरोना संक्रमण

शुक्रबार रोल्पामा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र वडा न. १० मा १२ जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो । सदरमुकाम र सो नजिकैको वडामा ९ पुरुष र ४ महिला गरि १३ जनामा संक्रमण देखिएपछि सदरमुकाम लिवाङ बजार आतंकित बनेको छ ।  

रोल्पा नगरपालिका ४ का वडा अध्यक्षका अनुसार गुरुङ गाउँका २५ वर्षीय पुरुष साउदीबाट आएर १४ दिन क्वारेन्टिनमा बसि घर गएका थिए । साउदीमा पिसिआर जाँच गरेर आएका उनि घर गएपछि परिवार, गाउँघरमा घुलमिल गरेको भन्दै ट्रेसिङको पनि तयारी गरिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका वडा न. १० धवाङका २१ जनाको परीक्षण गरिएकोमा १२ जनामा मात्र संक्रमण देखिएको हो ।

पछिल्लो समय बाहिरबाट आएकालाई १४ दिन क्वारेन्टिन राखेर पिसिआर परीक्षण बिना नै घर पठाउन थालिएपछि संक्रमणको जोखिम बढ्दै गएको छ । रोल्पा नगरपालिका ४ गुरुङगाउँका २५ वर्षीय पुरुष क्वारेन्टिनबाट घर गईसकेको र निजको गाउँघरमा घुलमिल बढि भएको भन्दै सो गाउँलाई सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले सनिबार बैठक बसि गुरुङगाउँलाई सिल गर्ने सोच बनाएको बताए ।  

शुक्रबार थपिएका १३ सहित जिल्लामा संक्रमितको संख्या ६६ पुगेको छ भने ४७ जना संक्रमण जितेर घर फर्किएका छन् । रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिका अनुसार सबै संक्रमितलाई सदरमुकाम स्थित जलजला बहुमुखी क्याम्पसमा तयार गरिएको आइसोलेसन केन्द्रमा ल्याउने तयारी गरिएको छ ।

प्रकाशित: २ श्रावण २०७७ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App