७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बीपी प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष रहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ। उनको बिहिबार राती करिब १० बजेतिर मृत्यु भएको हो। ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले संक्रमितको मृत्यु भएको पुष्टि गर्दै शव व्यवस्थापनको लागि नेपाली सेना, प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको बताए। ‘उपचार भइरहेको एक जनाको निधन भएको छ, सप्तरी जिल्लाको हो भन्ने जानकारी पाएको छु,’कार्कीले भने,‘शवलाई के गर्ने भनेर आर्मी र सिडिओसँग समन्वय भइरहेको छ।’

प्रदेश १ मा उपचाररत संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो। प्रदेश १ मा मृत्यु भए पनि उनी प्रदेश २ निवासी हुन्। प्रदेश १ मा पहिलो मृत्यु भएकोले शवलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भनेर निर्णय लिन समय लाग्ने ईलाका प्रशासन प्रमुख कार्कीको भनाई छ। मृतकको आफन्तजन पनि सम्पर्कमा नरहेकोले प्रहरीले खोजी गरिरहेको उनले बताए। ‘प्रदेश १ मा पहिलो मृत्यु हो, त्यसैले व्यवस्थापनमा केही समय लाग्छ,’उनले भने,‘आफन्त सम्पर्क छैन, प्रहरीले खोजी गदैछन्। सप्तरी पठाउने कि के गर्ने भनेर निर्णय लिन समय लाग्छ।’

 

 

प्रकाशित: २ श्रावण २०७७ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App