coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रसुवा कोरोना मुक्त

रसुवा शुक्रबारदेखि कोरोना मुक्त भएको छ । जिल्लाका सबै कोरोना संक्रमित निको भएसँगै जिल्ला कोरोना मुक्त भएको हो । गएको शुक्रबार थपिएका संक्रमित निको भएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमित शून्य भएको छ । गएको शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।  

उनको दोस्रो पटक परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ । कालिका हिमालय माविको क्वारेन्टिनमा बसिरहेका उनको यही असार २४ गते स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । भने उनलाई जीवजीवेमा रहेको नीलकण्ठ नमुना माविको आइसोलेसनमा राखिएको थियो । उनी कुवेतबाट आएका हुन् ।  

दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाले उनलाई घर पठाइने जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए । यसअघि १० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।  

यही असार १३ गते जिल्लामा पहिलो पटक ९ जना कोरोना संक्रमित फेला परेका थिए । त्यसको केही दिनपछि उत्तरगयाकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू निको भएर डिस्चार्ज भइसकेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि नै भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङ कोरोना मुक्त भएका छन् । अब ७० जिल्लामा कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित: २ श्रावण २०७७ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App