२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सर्लाही बरहथवा तनावग्रस्त: गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

अस्तव्यस्त यातायात र अक्षम सुरक्षा संयन्त्र

केही दिनदेखि सिंगै राजधानीको यातायात अस्तव्यस्त हुन पुगेको छ। यस्तो अवस्थाले विद्यार्थी, कर्मचारी, बिरामी मात्र हैन, विभिन्न अत्यावश्यक कामले हिँड्ने सर्वसाधारणसमेत प्रभावित बनेका छन्।

आन्दोलनकारी शिक्षक र सरकारबिचको वार्ता निष्कर्षविहीन

गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँगको भएको पहिलो वार्ता निष्कर्षविहीन भएको छ।

विराटनगरको सुरक्षा व्यवस्था कडा :२७ जना आन्दोलनकारी पक्राउ

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत २७ जना पक्राउ परेका छन्।

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप, दर्जनौं अश्रृग्यास प्रहार

कोशी प्रदेश नामाकरण गरिएको विरुद्घमा प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच विराटनगरको रोटे चोकमा झड्प भइरहेको छ।

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा रौतहटमा तीन फायर अश्रु ग्याँस प्रहार

रौतहटको फतुवा विजयपुर नगरपालिकामा सोमबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। झडपमा प्रहरीले आन्दोलनकारीमाथि तीन फायर अश्रु ग्याँस प्रहार गरेको छ।

सहमति कार्यान्वयन ढिलाइ हुँदा बिपीमा तनाव बढ्दै

आन्दोलनरत पक्षले पछिल्लो समय सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो भने समय पूरा भएपछि आन्दोलनकारीले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै काम छोडेका छन्। जसकारण सर्वसाधारणले ओपिडीमा उपचार सेवा लिन पाएका छैनन् भने राजनीतिक दल र आन्दोलनरत पक्षबीच तिक्तता पनि बढाएको छ।

आन्दोलनकारी प्राध्यापक चाहिँदैन : ओली

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राज्ञिक स्थलमा कुनै पनि हिसाबले बन्दहडताल हुन नहुनेमा जोड दिएका छन्।

निषेधाज्ञा छल्दै, आन्दोलन चर्काउँदै

आन्दोलनकारीले आइतबार बिहान आयोजनाको मेलम्ची बजारस्थित साइट कार्यालयमा धर्ना दिएर नाराबाजी गरे। भुक्तानी माग गर्दै उनीहरूले शनिबार पनि साइट कार्यालय घेरेका थिए।

मेलम्ची पीडित आन्दोलनकारीमाथि गोली प्रहार

भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलत कामदार र आपूर्तीकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुगयास प्रहार गरेको छ।

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता जुवान गुआइडोको नेतृत्वमा विपक्षीले व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

राजमार्गमा तीन पांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि आन्दोलन गर्दै आएका तीन पांग्रे सवारीसाधन चालक र प्रहरीबीच चितवनको भरतपुरमा झडप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्