२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बरहथवामा प्रदर्शनकारी र प्रहरीबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

सर्लाहीको बरहथवामा आन्दोलनकारी र प्रहरी झडप फेरि सुरु भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गर्न थालेपछि घर सुरक्षार्थ खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रहर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूले बताए। आन्दोलनकारीले मेयरको घर  र प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको उनले बताए।

बरहथवामा रहेको १५ शय्याको सरकारी अस्पताललाई स्तरोन्नति गर्नुपर्ने माग गर्दै कांग्रेससहित पाँचदलीय गठबन्धनले जारी राखेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीले स्थानीय ३० वर्षीय जयशंकर साहको घटनास्थलमै ज्यान गएको तेस्रो दिन पनि शव सडकमै छ।

प्रहरिको गोली लागेर मारिएका युवकको तेस्रो दिन पनि शव उठ्न नपाउँदै राज्यको बेवास्ताविरुद्ध प्रदर्शनकारीले बरहथवा बजारस्थित इप्रका कार्यालयअगाडिको ड्रमले बनाइएको ब्यारिकेट भत्काउँदै प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेका छन्।

आन्दोलनरत पक्षधर राज्यको उदासीनताविरुद्ध आक्रोशित बन्दै आइतबार बिहानैदेखि इप्रकाअगाडिको ब्यारिकेट भत्काउँदै ठाउँठाउँमा टायर बालेर प्रदर्शन गर्दैै नगर प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध चर्का नाराबाजीसमेत गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार बिहान ८ बजेदेखि बस्न भनिएको वार्ता अहिलेसम्म बस्न सकेको छैन।

प्रकाशित: २२ पुस २०८० ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App