१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरमा आन्दोलनकारी र प्रहरीबिच झडप

प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका कार्यकर्ता र प्रहरीबिच विराटनगरमा झडप भएको छ। 

आन्दोलनमा क्रममा घाइते भई चैत १० गते मृत्यु भएका पदमकुमार लिम्बु (लाजेहाङ) को श्रद्धाञ्जली सभामा सहभागी हुन आएका पुनः नामाकरण संघर्ष समितिका कार्यकर्ता र प्रहरीबिच विराटनगरको रोडशेष चोकमा शनिबार झडप भएको हो।

श्रद्धाञ्जली सभामा सहभागी हुन आएका प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका कार्यकर्ता र प्रहरीबिच लाजेहाङको शव रोडशेष चोकमा आइपुग्ने बित्तिकै झडप भएको थियो।

प्रहरीले रोडशेष चोक देखि दक्षिणको भागलाई निषेधित क्षेत्र तोकेको थियो। संघर्ष समितिका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुडा गर्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्दै ढुंगामुडा गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। कोशी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा लाजेहाङ घाइते भएका थिए।

घाइते लाजेहाङको उपचारका क्रममा चैत १० गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। शहिद घोषणा लगायतका माग राख्दै लामो समय देखि लाजेहाङको शव उठेको थिएन।

सरकारले शहिद घोषणा गरेपछि आइतबार धरान, तरहरा, इटहरी हुँदै विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली सभा आयोजना गर्ने र प्रदेशसभा परिक्रमा पछि मोरङको बेलबारीमा अन्तिम संस्कार गर्ने कार्यक्रम राखिएको थियो।

प्रकाशित: ९ वैशाख २०८० ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App