६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

आन्दोलनकारी शिक्षक र सरकारबिचको वार्ता निष्कर्षविहीन

गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँगको भएको पहिलो वार्ता निष्कर्षविहीन भएको छ। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज  बिहान  विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग भएको वार्ता निष्कर्षविहीन भएको  बताइएको छ।

गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए।

आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, सङ्गठनका प्रतिनिधिहरू  वार्तामा सहभागी भएको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए।

बार्तामा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएको मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन्।

प्रकाशित: ४ आश्विन २०८० ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App