१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सिन्धुलीको दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन

यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए।

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने।

कोरोना संक्रमण तीव्र : बाँकेमा बैशाख ९ गतेबाट लकडाउन

तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी बिहीबार(बैशाख ९ गते)बाट लकडाउन गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण झन् भयावह: एकैदिन ३ सय २२ संक्रमित फेला, थप दुईको मृत्यु

बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल ६ सय ३२ जनाको स्वाब परिक्षण गर्दा १ सय ९४ जना पुरुष र १ सय २८ महिला गरी ३ सय २२ जना संक्रमित फेला परेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ।

उदयपुरमा नयाँ वर्ष धुमधामः कोभिड बेवास्ता, भीडमा रमाउन मस्त

विश्वव्यापी कोभिडको लकडाउनले गतवर्ष दसैं, तिहारलगायत महत्वपूर्ण चाडपर्व खुलेर मनाउन कसैले पाएनन्। चैत ११ गतेदेखि देशव्यापी भएको लकडाउनका कारण नयाँ वर्ष ०७७ देखि दसैं, तिहार, छठ, साकेला उधौली–उभौली, माघी, नेपाल संवत र ल्होसारसम्मका चाड पर्वहरु नेपालीहरुले घरभित्रै बसेर मनाउनु पर्‍यो।

भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी

सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन्। कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा.एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन्।

फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो

गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।

लकडाउनको मूल्य

अर्थतन्त्रलाई चलायमान बनाउन र विपन्न वर्गको जीविकालाई सहज बनाउन आर्थिक प्याकेजका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्थामा फेरि पनि कोरोना महामारीका कारण लकडाउन गर्नुप र्‍यो भने त्यो दुभाग्र्यपूर्ण हुनेछ। त्यसैले त्यो अवस्था निम्तिन नदिन सरकारले प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्छ भने सर्वसाधारण नागरिकले पनि सरकारले तोकेका न्यूनतम स्वास्थ्य मापदण्डहरूको परिपालना गर्न आवश्यक छ।

लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा सम्बोधनका क्रममा मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका लागि लकडाउनमा नजाने बताएका हुन्।

बंगलादेशमा सोमबारदेखि पूर्ण लकडाउन

बंगलादेशमा कोरोना संक्रमण हुनेको संख्यामा वृद्धि भएसँगै सरकारले एक हप्ताको लकडाउन लागू गर्ने निर्णय गरेको छ। बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसेनले आउँदो सोमबार या मंगलबारदेखि एक हप्ताका लागि लकडाउन लागू गर्न सक्ने जानकारी बीबीसीलाई दिएका छन्।

लकडाउन हुँदैन सावधानी अपनाऔं: प्रशासन

कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि उपत्यकाका तीनवटै प्रजिअबीच पूर्वतयारीको सम्बन्धमा बुधबार र बिहिबार छलफल भएको थियो। छलफलका क्रममा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ। उपत्यकामा संक्रमण बढे थप कडाई र लकडाउन समेत गरिने प्रशासनले जनाएको छ।

फेरि फैलिँदै कोरोना संक्रमण

छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरेको छ।

लकडाउनको वर्षदिनः पर्यटनको ‘लक’ खुला, व्यापार अझै ‘डाउन’

लकडाउनपछि लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र केही महिनापछि बिस्तारै खुल्दै त गयो, तर, त्यसले सोचेजस्तो ब्यापार भने दिन सकेको छैन । पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, तर, ब्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन् ।

कोरोनाको तेस्रो लहरः पेरिसमा एक महिने लकडाउन

फ्रान्समा कोरोना भाइरसको 'तेस्रो लहर' का कारण राजधानी पेरिसमा फेरि एक महिना लकडाउन गरिएको छ। पेरिससँगै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन सुरु गर्ने भएको हो।

सर्वसाधारण भोकै, सरकारको खाद्यान्न नष्ट

लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्