१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा सोमबारदेखि पूर्ण लकडाउन

बंगलादेशमा कोरोना संक्रमण हुनेको संख्यामा वृद्धि भएसँगै सरकारले एक हप्ताको लकडाउन लागू गर्ने निर्णय गरेको छ। बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसेनले आउँदो सोमबार या मंगलबारदेखि एक हप्ताका लागि लकडाउन लागू गर्न सक्ने जानकारी बीबीसीलाई दिएका छन्।

हुसेनले बन्दाबन्दीको औपचारिक घोषणा गर्दा मानिसहरूलाई बन्दाबन्दीको लागि तयारी हुने अवसर दिइने बताए।

बंगलादेशमा यस समयको लकडाउन कत्तिको कडा हुन्छ र यो कसरी कार्यान्वयन हुन्छ, यो अहिलेसम्म सूचित भने गरिएको छैन। यद्यपि आपतकालीन सेवाहरूलाई यसबाट छुट दिइने फरहाद हुसेनले बताए।

बंगलादेशमा गत एक हप्ताभित्र कोभिड १९ का बिरामीहरुको संख्या एकदम छिटो बढेको छ। अधिकारीहरूका अनुसार बंगलादेशमा कोरोना संक्रमणको दर २० प्रतिशत नाघेको छ।

यो रिपोर्ट गरिएको छ कि शुक्रबार करीव ३० हजार नमूनाहरु लिएको थियो। जसमध्ये ६ हजार ६ सय मानिसहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा बंगलादेशको कोभिड १९ बाट ५० जना मानिसको ज्यान गएको छ। गत वर्ष कोभिडका कारण बंगलादेशमा करीव तीन महिनासम्म बन्दाबन्दी गरिएको थियो। सो बन्दाबन्दी २०२० अप्रिलबाट सुरू भएको थियो।

प्रकाशित: २१ चैत्र २०७७ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App