२० आश्विन २०८१ आइतबार
image/svg+xml

अवैध रुपमा भित्र्याइएका ५ सय किलो माछा बरामद

हथिहवा–लवनी सकड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बरं.५ हथिहवादोहोनीमा भारतबाट अवैधरुपमा भित्र्याइएका ५ सय किलो मागुंर जातका बिकासी माछा बरामद गरिएको छ।

तस्करीका सामान बरामद

विराटनगरका विभिन्न स्थानबाट तस्करीका सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायतका सामाग्री बरामद गरेको छ।

तीन लाख मुल्य बराबरको पटका बरामद

भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका पटकाजन्य बस्तुहरु बरामद गरेको छ।

अवैध समान बरामद

भन्सार छलेर ल्याएको समान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छली ल्याएको करिब एक लाख रुपैयाँ मूल्य बराबरको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ।

झापामा ठुलो मात्रामा पटका बरामद

झापा मेचीनगर न.पा. वडा नं. १५ हेल्दुबारीस्थितमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ठुलो मात्रामा पटका बरामद गरेको छ।

२३ किलो ‘सुुन’ बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार दिउँसो वीरगन्ज–५ रेसमकोठीबाट २३ किलोभन्दा बढी पहेंलो धातु बरामद गरेको छ। उक्त धातु सुन भएको प्रहरीको अनुमान छ।

झापामा ७ लाखकाे अवैध औषधि बरामद

भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सुर्तीसहित बोलेरो जिप बरामद

कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

सीमामा सुरक्षा सर्तकता : लाखौको अवैध माल सामान बरामद

बिहिबार सशस्त्र प्रहरी टोलीले २ लाख बढिको अवैध सामान बरामद गर्यो । बुधबार राती निस्केको गस्ती टोलीले बिहिबार बिहान सम्म ८३ किलोमिटर खुला सीमाबाट बिभिन्न नाकाबाट चोरी पैठारी गरिहरको अवस्थामा दुई लाख १९ हजार बराबरको अवैध सामान बरामद गरेको हो । पछिल्लो समय सीमामा पूर्ण रुपमा बन्दा बन्दी अवस्थामा रहेपनि प्रतिनिधि मूलक घटनाले सशस्त्र प्रहरी सक्रिय रहेको पुष्टि भएको छ ।

सीमावर्तीबाट ओखर र छोहोरा बरामद

प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ओखर र छोहोरासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–७ स्थित बेलासोबाट ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्य बराबरको ओखर र छोहोरा बदामद गरेको हो ।

प्रहरीद्वारा १६ लाख नेपाली रुपैयाँ बरामद

महागढीमाई नगरपालिका ७ बेनौलीबाट सवारी साधन चेकजाँचको क्रममा शनिबार १६ लाख नेपाली रुपैयाँ बरामद गरेको बारा प्रहरीले जनाएको छ।

३५ बोरा मल बरामद

तौलिहवा–जीतपुर सडक खण्डअन्तर्गत बाणगंगा नगरपालिकाको ओदारीमा सिमेन्ट बाकेको ट्रकमा ३५ बोरा भारतीय युरिया मल बरामद गरिएको छ ।

सीमा क्षेत्रबाट पाँच लाख बराबरको हरियो मटर बरामद

भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले अवैधरूपमा हुने गरेको चोरी निकासीमा कडाइ गर्न थालेको छ । सीमा क्षेत्रमा बसेर तस्करी गर्नेले समयको फाइदा उठाउँदै नेपाल–भारतबाट अवैधरूपमा खाद्यान्न, लताकपडा, रासायनिक मलगायतका वस्तु ओसारपसार गर्ने गरेका छन् ।

‘मेथामफेटामिन’ लागुपदार्थसहित एक पक्राउ

विराटनगरमा मंगलबार प्रहरीले अन्तर्राष्ट्रिय बजारमा महँगो भाउमा बिक्री हुने लागुपदार्थसहित एक जनालाई पक्राउ गरेको छ । यो पक्राउ परेसँगै प्रदेश १ पुनः लागुऔषध कारोबार हुने अखडाको रूपमा देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्