coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापामा ७ लाखकाे अवैध औषधि बरामद

फाइल तस्बिर

झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले झन्डै ७ लाख रुपैयाँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ ।

भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसलाई इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद औषधि, मानिस तथा सवारी साधन आवश्यक कार्बाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएको उनले बताए । यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट झन्डै २० लाख मूल्यकाे ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिबरामद गरेको थियो ।

प्रकाशित: १६ भाद्र २०७७ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App