२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

२३ किलो ‘सुुन’ बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार दिउँसो वीरगन्ज–५ रेसमकोठीबाट २३ किलोभन्दा बढी पहेंलो धातु बरामद गरेको छ। उक्त धातु सुन भएको प्रहरीको अनुमान छ।

अलगअलग आकारका धातुका बिस्कुट २२ किलो ५ सय ७६ ग्राम र ६ सय ५४ ग्राम तौलबराबरका गहना बरामद भएको प्रहरीले जनाएको छ। ‘सुन राखिएको सूचना पाएपछि त्यहाँ रीतपूर्वक छापा मारेका हौं’, पर्साकी प्रहरी उपीक्षक गंगा पन्तले भनिन्। उनले परीक्षणका क्रममा पहिलो पिस सुन पुष्टि भएको र बाँकी पनि सुन नै हुन सक्ने बताइन्। ‘सुन चाँदी व्यवसायीलाई बोलाएर परीक्षण गराइरहेका छौं। परीक्षणबाट सबै खुल्छ’, उनले भनिन्।

वीरगन्ज बस्दै आएका भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याटबाट प्रहरीले सुन बरामद गरेको हो। सिन्हा भारतको पूर्वी चम्मपारण हरैयाका बासिन्दा हुन्। प्रहरीले चाँदीका जस्ता देखिने गरगहना र भाँडा पनि बरामद गरेको छ, जसको तौल दुई किलो २ सय ६२ ग्राम छ। बरामद धातु परीक्षणपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइने प्रहरी उपरीक्षक पन्तले बताइन्।

प्रकाशित: २ कार्तिक २०७७ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App