२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अवैध रुपमा भित्र्याइएका ५ सय किलो माछा बरामद

हथिहवा–लवनी सकड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बरं.५ हथिहवादोहोनीमा भारतबाट अवैधरुपमा भित्र्याइएका ५ सय किलो मागुंर जातका बिकासी माछा बरामद गरिएको छ। भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा साइकलमा १० क्यारेट माछा बरामद गरिएको हो।  

ढाई लाख मूल्यका माछा बरामद गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले फेला पारेकोमा माछा ल्याउने व्यक्तिहरू प्रहरी टोलीलाई देखी माछा र साइकल छाडी भारततर्फ भागेका थिए। बरामद गरिएका माछा स्थानीय जनप्रतिनिधि, पत्रकारको रोहबरमा गाडेर नष्ट गरिएको छ। १० वटा साइकलहरु भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।  

सोही सडकमा शुक्रबार भारतबाट अवैधरुपमा भित्र्याइएका २ लाख बढी मूल्यका ७ वटा खसी बोका समेत बरामद गरिएको थियो। बरामद गरिएका खसी बोका भन्सार चलान गरिएको थियो। जिल्लामा रांगा, खसीबोका, गोरु माछा तस्कारी बढेको ब्यापारीहरु बताउँछन्।

प्रकाशित: १३ मंसिर २०७७ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App