२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुनचाँदी र पेस्तोल बरामद

प्रहरीलाई छलेर बिक्रीवितरण गर्न लगिँदै गरेको साढे १४ किलो चाँदी र आधा केजी सुन प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको छ।

तस्करीका सामान बरामद

सीमा क्षेत्रमा हुने गरेको चोरी, तस्करीमा संलग्नहरू समस्याको मौकाको फाइदा उठाउँदै तस्करी बढाउने गरेका छन् । विभिन्न समयमा आइपर्ने प्राकृतिक विपद् होस् वा अन्य कुनै विपद्मा प्रहरीहरू त्यसतर्फ ध्यान दिँदै गर्दा तस्करीहरू व्यापक रूपमा सामान ओसारपसार गर्दै आएका छन् ।

भन्सार छलेर ल्याएको बिँडी प्रहरीद्वारा बरामद

भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याएको बिँडी लुकाइ राखेको अवस्थामा सोमबार गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । भारतबाट अवैध रुपमा ल्याई लुकाइ राखेको अवस्थामा करिब २ लाख रुपैयाँ बराबरको ६ पेटी बिँडी बरामद गरिएको हो ।

आलुको बोरामा साढे तीन लाख नगद बरामद

सशस्त्र प्रहरी बलको एउटा टोलीले पर्साको पश्चिमी सिमावर्ती गाउँ टिहुकीबाट आलुको बोरामा लुकाइएको तीन लाख ५५ हजार रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । आलुमा पैसा लुकाएर लैँजादै गरेका दुई जनालाई पक्राउ समेत गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बन्जारीका सशस्त्र प्रहरी निरिक्षक हरी पराजुलीले बताए ।

एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ

पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बेग्ला बेग्लै ठाउँबाट यसमा संलग्न एम्बुलेन्ससंग ३ जना र ट्यांकरसंग २ जना गरी प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

तस्करले फालेको गाँजा बरामद, तस्कर उम्कियो

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– १ मा तस्करले फालेको चार बोरा गाँजा प्रहरीले बरामद गरेको छ। बरामद गाँजाको परिमाण करिब एक क्विन्टल रहेको सिरहा प्रहरीले जनाएको छ ।

११ हजार थान मास्क बरामद

विराटनगरस्थित श्री सर्जी इम्पेक्सले लुकाइछिपाई राखेको ११ हजार थान मास्क बरामद भएको छ। विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनका क्रममा सर्जी इम्पेक्सले लुकाइछिपाई राखेको अवस्थामा ११ हजार ४ सय थान माक्स बरामद गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

प्रहरी परिसरमै थन्कियो बरामद मास्क

बजारमा मास्कको चर्को अभाव छ। कालोबजारी गर्नेहरूबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ। तर जिल्ला प्रशासन र राजस्व विभागले ठोस निर्णय गर्न नसक्दा २१ लाख ८ हजार मास्क महानगरीय प्रहरी परिसरमै थन्किएको छ।

सशस्त्र प्रहरीद्वारा लाखौको गाँजा बरामद

सशस्त्र प्रहरी बल रौतहटले लाखौँ मूल्य पर्ने गाँजा बरामद गरेको छ। रौतहटको लक्ष्मीपुर बेलबिछवास्थित सशस्त्र प्रहरी बलको युनिटले लाखौँको गाँजा बरामद गरेको हो।

चोरीका मोटरसाइकल बरामद

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ।

भ्यानसहित ६० लाख बढीको सामान बरामद

पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका ६० लाख रुपैयाँ बढीका सामानसहित मे१ज १८०७ नंको बोलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ।

९७ किलो गाँजा बरामद

जिल्लाको राक्सीराङ्ग गाउँपालिका-२ स्थित सुनौलो सौराहा ईलाकाबाट माघ २२ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले करिब ९७ किलो गाँजा बरामद गरेको छ।

चोरिएको शिलालेख बरामद

जुम्लाको सिँजा गाउँपालिकाबाट चोरी भएको शिलालेख प्रहरीले बरामद गरेको छ। गत पुस २८ गते चोरी भएको शिलालेख सिँजा गाउँपालिका ६ जोडु गाउँका मनबीर बुढाको घरबाट बरामद गरिएको हो।

सशस्त्र प्रहरीद्वारा ५० किलो गाँजा बरामद

उदयपुर सशस्त्र प्रहरी बलले ठूलो परिणामको अवैध लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सुराकीको आधारमा गएको सशस्त्र प्रहरी बल बोक्से गणको टोलीले उदयपुर र सप्तरी जिल्लाको सिमाना नजिक जिल्लाको उदयपुरगढी गाउँपालिका ७ कोलटेबाट ५० केजी गाँजा बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्