९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘मानवताविरोधी घटनामा आममाफी हुँदैन’

नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने र सद्भाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिबाट सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार सम्पन्न गर्ने पक्षमा आफूहरू रहेको उनले स्पष्ट पारेका छन्।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

जिपले ठक्कर दिँदा पाँच छात्रा गम्भीर घाइते

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ।

भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रति सरकारको आपत्ति, कारबाही गर्ने चेतावनी

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

दण्डहीनतामा मौलाएको राजनीति

२०४६ पछि प्रा. सूर्यबहादुर शाक्यको एक समितिले पञ्चायतकालमा ३४ व्यक्ति बेपत्ता पारिएको सुझावसहितको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बुझाएको थियो।तर, त्यस प्रतिवेदन औपचारिकतामा मात्र सीमित राखियो। दोषीउपर कुनै कारबाही चलाइएन।

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

कोरोना संक्रमितमा तर्क गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा अत्यधिक असर परेको अध्ययनले देखाएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या भएर मेकानिकल भेन्टिलेटरमा उपचार गरिएका बिरामीको संज्ञानात्मक क्षमतामा सबैभन्दा धेरै ह्रास भएको पाइएको छ।

मानसिक स्वास्थ्यमा ध्यान नपुग्दा समस्या

दैनिक अस्पतालको दैलोमा आउने दर्जनौं बिरामीलाई यतिबेला मनोविमर्श सेवाको आवस्यकता छ तर यहाँका अस्पताल तथा अन्य कुनै पनि सेवाप्रवाह गर्ने सरकारी संरचनामा एक जना पनि मनोविमर्शकर्ता छैनन्।

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

‘हिंसा हुन नदिन सरकार गम्भीर छ’

'सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ', उनले भने।

उदयपुरमा बोलेरो दुर्घटना, चालक गम्भीर

कटारी बजारदेखि कुखुराको दाना (चारो) बाकेर ताप्ली गाउँपालिकातर्फ जाँदै गरेको बा १३ च ५६४८ नं. को जिप उदयपुरगढी गाउँपालिका ३ को चप्लेटीमा दुर्घटना हुँदा चालक घाईते भएका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन्।

गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।

पूर्वप्रमुख बस्न्यातको स्वास्थ्य अवस्था गम्भीर

ओम अस्पतालमा कोरोना संक्रमण भएर उपचार गराइरहेका बस्नेतको अवस्था दिनप्रतिदिन स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। चिकित्सकहरूले उनमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि ‘रेमडिसिभिर’ औषधि चलाउनुपर्ने भन्दै परिवारलाई सो औषधि व्यवस्था गर्न भनिसकेका छन्।

दोस्रो लहरको कोरोना कहर: ‘गम्भीर बिरामीलाई बचाउनै मुस्किल’

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्