coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वप्रमुख बस्न्यातको स्वास्थ्य अवस्था गम्भीर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। ओम अस्पतालमा कोरोना संक्रमण भएर उपचार गराइरहेका बस्नेतको अवस्था दिनप्रतिदिन स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। चिकित्सकहरूले उनमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि ‘रेमडिसिभिर’ औषधि चलाउनुपर्ने भन्दै परिवारलाई सो औषधि व्यवस्था गर्न भनिसकेका छन्।  

‘डाक्टरले रेमडिसिभिर भन्ने औषधि व्यवस्था गर्न भनेका छन् अवस्था दिनदिनै प्रतिकूल हुँदैछ,’ बस्नेतका छोरा कमल बस्नेतले भने। उनका अनुसार अहिले सबै परिवारलाई नै कोरोना संक्रमण भएको छ। बुबालाई अस्पताल लैजाने र जेलमा ल्याउने गर्दा गर्दै संक्रमण भएको कमल बस्नेतको भनाइ छ। ‘बुबा विरामी भएपछि जेलबाट थप उपचारका लागि अस्पतामा लैजानु पर्यो हेर्न जाँदा र कुरुवा बस्दा सबैलाई संक्रमण भएको शंका छ अहिले हामी परिवारका सबै जना संक्रमित भएका छांै,’ बस्नेतले भने। उनका अनुसार अस्पतालमा हेर्न जाने मानिस पनि नभएका र औषधि किन्न जाने आफन्त छैनन। पूर्व प्रमुख बस्नेतलाई मुटुको समस्यासमेत रहेको छ।  

पाँच वर्षअघि मुटुको शल्यक्रिया गरेका बस्नेतको मुटुको समस्या बल्झिँएपछि एक महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन्। डिल्लिबजारस्थित कारागारमा रहेका बस्नेतको चैत २३ गते राती समस्या आएपछि तत्कालै हिमाल अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि केही दिन आराम भएपनि पुनः समस्या आएपछि परिवारका सदस्यहरूको आग्रहमा उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो। तर उनलाई कोरोना संक्रमण भएपछि भने ओम अस्पतालमा भर्ना गरेर उपचार गराइराखिएको छ। 

पारिवारिक सदस्यका अनुसार पाँच वर्ष अघि भारत, नयाँदिल्लीको म्याक्स अस्पतालमा मुटुको शल्यक्रिया गराएका थिए। बन्दी अवस्थामा रहेका उनको स्वास्थ्य अत्यन्तै नाजुक अवस्थामा पुगेको चिकित्सकहरूले जनाएका छन्। चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीका अनुसार बस्नेतको मुटुको मुख्य रक्तनलीमा रक्त प्रवाहमा अवरोध देखिएका कारण उनलाई समस्या परेको हो। सोही समस्याका कारण बस्नेतको गंगालाल ह्दयरोग केन्द्र र वीर अस्पतालमा पटकपटक परीक्षण गराई सकेका छन्। कारागारकै चिकित्सकले समेत स्वास्थ्य परीक्षण गर्दा पूर्वप्रमुख आयुक्त बस्नेतलाई मेजर अपरेसन गरेको अस्पतालमै लगेर उपचार गर्न सिफारिस गरिसकेका छन्।

पूर्वप्रमुखलाई कोरोना संक्रमण भएपछि आफन्तहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश मीरा खड्काको एकल इजलासले बस्न्यातलाई थुनामा राखिएको कारण माग गर्दै बन्दी प्रत्यक्षीकरणको आदेश दिन नमिल्ने कारण भए लिखित जवाफ पेश गर्न आइतबार आदेश जारी गरेको थियो। ‘बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुन नपर्ने हो।

प्रकाशित: २१ वैशाख २०७८ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App