२३ वैशाख २०८१ आइतबार
image/svg+xml

हेर्न नभ्याइनेमा वामदेव गौतमविरुद्धको मुद्दा

तत्कालीन एमालेका उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

ओलीमाथि दोष थोपर्दै गौतमको राजीनामा

गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन्। ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

आयोगले समस्या समाधान हुँदैन : गौतम

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले भने ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि सुकुमवासी हुँदैहुँदै जानेछन्।’ उनले २०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा बनेका भूमिसम्बन्धी आयोगले सुकुमवासी समस्या समाधान गर्न नसक्नुमा आयोगको बाटो अवैज्ञानिक भएको बताए।

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : वामदेव गौतम

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।

पार्टी एकताबारे ओलीको प्रयत्नमाथि गौतमको शंका : त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न

पार्टी अध्यक्ष ओलीले पार्टी एकताको नाममा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको बताउँदै उनले सो प्रयासप्रति लिखित रुपमै शंका जनाएका हुन्।

नेकपा विवाद: गौतमको ढुलमुले चरित्रले तानातानमा थापा

दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने बताएको स्रोतको दाबी छ।

गौतमलाई बाटो खुल्यो

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ।

अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ।

टुंगिएन नेकपा उपाध्यक्ष गौतमको मुद्दा

नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यसम्बन्धी मुद्दा’ बुधबार टुंगिन नसक्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

वामदेवलाई मन्त्री बन्न बाधा

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि वामदेव गौतमले राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न पाउनेछन् तर संवैधानिक इजलासले मुद्दा टुंगो नलगाउँदासम्म उनी मन्त्री बन्न भने पाउने छैनन्।

राष्ट्रपतिबाट पत्र आएको आधा घण्टामै शपथ

संघीय संसद् सचिवालयमा शुक्रबार राष्ट्रपति कार्यालयबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेको पत्र आइपुग्नासाथ शपथ ग्रहण गराइएको छ ।

नेकपा नेता गौतमको गीत ‘यो बुद्धभूमि’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन्। फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन्।

नेकपाको ‘केन्द्र’मा वामदेव

यसअघि गौतम दुई अध्यक्षलाई भेट्न आफैं कहिले बालुवाटार त कहिले खुमलटार जाने गर्थे । पार्टीभित्र उनको भूमिका महत्वपूर्ण बन्दै गएपछि शीर्ष नेताहरू नै उनलाई भेट्न उनकै निवास आउन थालेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्