७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी एकताबारे ओलीको प्रयत्नमाथि गौतमको शंका : त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न

नेकपा(एमाले) का उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि गरेको प्रयासप्रति शंका जनाएको छ।  

पार्टी अध्यक्ष ओलीले पार्टी एकताको नाममा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको बताउँदै उनले सो प्रयासप्रति लिखित रुपमै शंका जनाएका हुन्।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही जेठ २३ गते राती जारी गरेको पार्टी एकता आह्वानसम्बन्धी वक्तव्यपछि आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ भन्ने विषयलाई सकारात्मक रुपमा लिन सकने भए पनि सोही सन्दर्भमा जनवर्गीय संगठनहरुका संरचनाका विषयमा व्यक्त विचारले अध्यक्ष ओलीको कदममाथि शंका गर्नुपर्ने स्थिति आएको जनाए।

उनले वक्तव्यमा भनेका छन्, ‘जनवर्गीय संगठनहका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थाथालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न।’

प्रकाशित: २५ जेष्ठ २०७८ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App