५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको हो। स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

उनले भने, 'स्थायी कमिटीको बैठकले विधान संशोधनसम्बन्धि प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने भनेर पास भयो।' एमालेको केन्द्रिय समिति बैठकमा पनि केहीबेरपछि तुलसीलाल स्मृति प्रतिष्ठान भवननै बस्नेछ। बैठकले स्थायी समिति बैठकले पारित गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव अनुमोदन गर्नेछ।  

आगामी भदौं २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ। वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि सांगठानिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीब्रता दिएको हो।

प्रकाशित: २५ श्रावण २०७८ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App