११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दलको निर्वाचन विरोधाभास

प्रचण्ड गठबन्धन भित्रको उपगठ बन्धनलाई दृढ बनाएर तत्कालको लाभ लिने र निकट भविष्यमा मिलेसम्म नेपाली कांग्रेससँग आलोपालो प्रधानमन्त्री हेराफेरी गर्ने, कदाचित गठबन्धन कायम नरहेमा नेकपा एमालेलाई आकारमा राखेर ठूलो दलको नेताको हैसियतमा फेरि पनि प्रधानमन्त्री बन्ने एक सूत्रीय कार्यक्रममा लागेका छन्।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’

ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा भएन: प्रचण्ड

बुधबार चितवनको माडी नगरपालिकामा पर्ने हुलाकी सडकअन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताए।

नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरियो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्।

चुनाव केन्द्रित कार्यक्रमसहित प्रचण्ड चितवनमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव घोषणा पछि पहिलोपटक चितवन आएका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणा पत्र, पार्टी संयोजन समिति गठन गर्ने सहमति

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने, पार्टी एकता संयोजन समिति गठन गर्ने, माओवादी केन्द्रको अर्को नाम राख्ने र गठबन्धन कायम राख्ने सहमति भएको हो।

पार्टीमा अनुशासन तोड्नेलाई दण्डित गरिएन भने पार्टी कम्युनिष्ट जस्तो रहँदैनः प्रचण्ड

‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन। यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ। त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन।'

अध्यक्ष दाहाल र नेपालबीच आगामी निर्वाचन तयारीबारे छलफल

दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो। यस्तै, आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन्।

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।

चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना छैन: अध्यक्ष दाहाल

शुक्रबार गोरखाको एक कार्यक्रममा बोल्दै दाहालले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताए।

माओवादी बैठक फेरि स्थगित,पदाधिकारी टुंग्याउन प्रचण्डलाई सकस

बिहीबार पटक पटक बैठक बस्ने समय तोके पनि अन्तिममा साँझ ६ बजे पनि बस्न सकेन। अब बैठक शुक्रबार ८:३० बजे बस्ने भएको छ।

कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया भइरहेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्