७ वैशाख २०८१ शुक्रबार
राजनीति

कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया भइरहेको छ: प्रचण्ड

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।

रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका हुन्।  

प्रचण्डले आफू अहिले पनि वामपन्थी आन्दोलनलाई एकीकृत गर्न सक्रिय रहेको बताए। निर्वाचन पनि संघर्षकै एउटा चरण भएको भन्दै उनले यतिबेला वामपन्थीहरुबीच एकता र ध्रुवीकरण होस् भनेर आफूहरुले प्रयास गरेको बताए।

माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने डा। बाबुराम भट्टराई र बामदेव गौतमको निर्णय र पार्टी एकता संयोजन समिति गठन गर्ने एकीकृत समाजवादीको निर्णयको प्रसंग जोड्दै उनले यस्ता कुराहरुले सकारात्मक भएको महसुस गरेको बताएका छन्।

प्रकाशित: २ भाद्र २०७९ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App