२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौंमा पनि पहिरोले पुरिएर एक जनाको मृत्यु

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा पहिराले पुरिएर एक युवकको मृत्यु भएको हो ।

पहिरोले च्यापिएर एक जनाको ज्यान गयो

पहिरोले घर पुरिँदा गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलकी ३६ वर्षिय लक्ष्मी गुरुङको ज्यान गएको छ। अविरल वर्षात सँगै सोमवार दिउँसो पहिरो जाँदा बाख्राको खोर भत्किएको र बाख्रालाई घाँस हाल्न गएकी महिला पुरिएको प्रहरीले जनाएको छ। खोरमा रहेको आठवटा बाख्रा समेत पुरिएका छन्। घटनास्थलतर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए।

पहिरोले गोरखामा ६ घर बगायो

निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ । बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो। उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताए।

खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

पहिरो र ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझबाट सुचारु भएको छ । तानसेन नगरपालिका–८ गौडेपुलनजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । यस्तै शनिबार राती तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडकपूर्ण रुपमा बन्द भएको थियो ।

पहिरोका कारण आँबुखैरेनी–गोरखा सडक अवरुद्ध

लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए ।

पहिरोबाट १० परिवार विस्थापित

घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित भएको हो । घर माथिबाट पहिरो बग्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।

बागमती प्रदेश सरकारको निर्णय : प्रदेशका बाढीपहिरो पीडितलाई घर बनाइ दिने

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो पाँच दिन जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सरेर ज्यान जोगाउन सुझाव दिएका छन् ।

बारेकोट पहिरो : आठ सय घर विस्थापित

जाजरकोटस्थित बारेकोट–४, सार्की गाउँका करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । असार २५ गते ११ जनाको मृत्यु र एकजना बेपत्ता हुने गरी गएको पहिरोका कारण उनीहरू विस्थापित भएका हुन् ।

पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानीडाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।

पहिरोले ट्रक पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बिहिबार राति १०ः३० बजे गौडे पुल नजिकै पहिरो खस्दा सडक बनेको हो।

फूल्पिङकट्टी पहिरो : थप एक शव फेला, मृतकको संख्या तीन पुग्याे

सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पहिरोले एकै परिवारका तीन जनाको मृत्यु (अपडेट)

अविरल बर्षापछि आएको पहिरोले पुरिएर कास्कीको माछापुच्छ्रेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । शुक्रबार विहान घर माथिबाट आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनीहरुको ज्यान गएको हो ।

पहिरोबाट जोगिन नाङ्गा पाखामा रुख रोपिदै

जुम्ला हिमा गाउँपालिका मच्ची सामुदायीक वनमा स्थानीय रुख रोप्न व्यस्त छन् । उनीहरु नाङ्गा पाखामा रुख रोप्न थालेका हुन् ।

पहिरोस्थलमा लैजानुपर्ने खाद्यान्न ब्यारेकमा थन्कियो

बाढीपहिरो गएको करिब एक सातापछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली आउने जानकारी पाएपछि सदरमुकाम बेनीमा थन्किएको खाद्यान्न सामग्रीलाई ढुवानी गर्ने तयारी भइरहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्