८ वैशाख २०८१ शनिबार
समाज

फूल्पिङकट्टी पहिरो : थप एक शव फेला, मृतकको संख्या तीन पुग्याे

सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।  

दुई जना भने अझै पहिरोमै बेपत्ता छन् । पहिरोमा हराइरहेकी १२ वर्षीया छिरिङओङ्मु शेर्पा मृत फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्जवल महर्जनले बताए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छाउँदा शव भेटिएको थियो । ८४ वर्षीया सोमबुटी र ४८ वर्षीया सेम्साङ अझै फेला पर्न सकेका छैनन् ।

साँझबाट बर्षा सुरु भएपछि खोजी कार्य रोकिएको एसपी महर्जनले बताए । यसअघि ३५ वर्षीया निमासाङ्मु र १६ वर्षीया याङ्जीको पहिरोमा ज्यान गएको थियो । अबिरल बर्षासँगै बिहीबार बिहानपख बस्तीमाथिबाट खसेको पहिरोले स्थानीय ६० वर्षीया गेल्जेन शेर्पाको घर पुरेको थियो । उनकी आमा, श्रीमती, दुई छोरी र बहिनी पहिरोमा परेका थिए । गेल्जेन र उनका एक छोरा चितवनमा रहेकाले बाचेका थिए ।

प्रकाशित: २ श्रावण २०७७ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App