२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहिरोले पुरिएर धादिङमा एक जनाको मृत्यु

बिहिबार बेलुकादेखि लगातार पानी परेपछि गोठमा भएको रागो फूकाउन जाँदा मध्यरातमा पहिरोमा परेर उनको मृत्यु भएको हो।

उद्धार गर्न सेनाका हेलिकोप्टर तयारी अवस्थामा

बाढीपहिरोमा परेकाको तत्काल उद्धार र राहत वितरणका लागि नेपाली सेनाले काठमाडौं, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ।

एक महिनामा १३ जनाको मृत्यु, दर्जनौं परिवार घरबारविहिन

सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीले ठूलो क्षती गरेको छ। सुदूरपश्चिममा एक महिनामा मात्र पहिरोले १३ जनाको ज्यान गएको छ। भने १८ जना घाइते भएका छन्। यसैगरि पहिरोले दुई दर्जन बढी घर बगाएको छ, भने बाढीले ६ दर्जन बढी परिवार विस्थापित भएका छन।

रोकिएन बाढीपहिरोको क्षति, थप सातको शव फेला

अविरल वर्षाका कारण बुधबार पनि देशका विभिन्न ठाउँमा मानविय तथा भौतिक संरचनामा व्यापक क्षति गरेको छ। बुधबार विभिन्न ठाउँमा ७ जनाको शव फेला परेको छ, भने दर्जन बढी बाढीपहिरोमा परेर घाइते भएका छन्। बाढी र पहिरोका कारण प्रहरी चौकीका साथै स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पुनः अवरुद्ध भएको छ। हिजो दिउँसो साढे २ बजेदेखि सञ्चालनमा आएको सडक खण्डमा बिहीबार बिहान आधा दर्जन स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

पहिरोले एक परिवार बिस्थापित

पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।

बाढीपहिरोले भत्काएको मौवाखोला पुल मर्मत सुरु

अविरल बर्षासँगै आएको बाढीपहिरोले भत्काएको पृथ्वीराजमार्गस्थित मौवाखोलाको पुलको मर्मत कार्य सुरु गरिएको छ। बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत बुधबारदेखि सुरु गरिएको हो। बर्षा हुन रोकिएसँगै मर्मतको कार्य गरिएको सडक विभागका महानिर्देशक केशव शर्माले बताए।

पहिरोले निम्त्याएको पीडा

गाउँमा सडक पुग्दा त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका कान्छाबहादुर खाँण निकै खुसी भएका थिए। सडक पुगेपछि सदरमुकामसम्मको दुरी पनि छोटियो भने दैनिक उपभोग्य सामानहरु गाउँमा ल्याउन पनि सजिलो भयो। घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि उनको खुसीको सीमा रहेन।

रसुवागढी नाका जोड्ने सडकमा गएको पहिरो हटाउन कठिन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अझै खुलेको छैन। पहिरोका कारण सोमबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसकिएको हो। स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको अवस्थामा बुधबार तातोपानी आसपास तीन स्थानमा पहिरो झरेको छ।

योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबानलगायतका विपद् रोकथाम र नियन्त्रणका लागि वाग्मती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड रकम विनियोजन गरेको छ।

बाढीपहिरोले यातायात ठप्प

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा व्यापक क्षति पुगेको छ। प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।

बाढीपहिरोमा थप ६ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण थप ६ जनाको ज्यान गएको छ। धादिङ र दार्चुलामा पहिरोले पुरिएर पाँच र रौतहटमा बाढीले बगाएर एकजनाको ज्यान गएको हो। बाढीपहिरोबाट कम्तीमा १५ जना घाइते र सयौं परिवार विस्थापित भएका छन्।

पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवागमन पूर्णरुपमा ठप्प

अविरल वर्षापछि पहिरो जादाँ पृथ्वी राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प छ ।

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ बजेर ५० मिनेट बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्