२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाराका दर्जनौ नदी किनारका बस्ती डुबानमा

केही दिनको लागातार बर्षाका कारणले खोलानालाहरुमा आएको बाढीको पानीले दर्जनौ गाउँहरु डुबानमा परेका छन्। बाराका लालबकैया, पसाह, दुधौरा, बालगंगा लगाएतको खोलाहरुमा आएको बाढीले गाउँ र बस्तीहरुलाई डुबानमा पारेको हो।

पहिरोले जताततै सडक बन्द, सडकमै रोकिए यात्रु

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा ब्यापक क्षति पुगेको छ । प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । कालोपत्रे गरिएको सडक समेत पहिरोले बगाएको छ ।

वर्षेनी बाढीपहिरोको जोखिम : योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबान लगायतका विपद् रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड छुट्टाएको छ ।

सराङकोट पहिरो पीडितलाई सहयोग

गत असार २५ गते सराङकोटमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवार तथा आफन्त र घाइतेलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोकाे खतरा

महाशाखाका अनुसार सातै प्रदेशमा आज दिउँसोदेखि रातिसम्मै हल्कादेखि भारी (ठूलो) सम्म वर्षा जारी रहने सम्भावना छ ।

पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति

रसुवाको टिमुरेस्थित नेपाली सेनाको ब्यारेक नजिकै मंगलबार बिहान आएको पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति भएको छ ।

पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्डमा सडक अवरुद्ध

पृथ्वी राजमार्गको तनहुँ खण्डमा अविरल बर्षाका कारण आएको पहिरोका कारण चार स्थानमा राजमार्ग अवरुद्ध बनेको छ ।

हिउँदबाट नै औषतभन्दा बढी वर्षाका कारण बाढी पहिरोका घटना

हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ।

कालिगण्डकीको कटानले तटीय क्षेत्र जोखिममा

लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि उत्तरी क्षेत्रमा वितण्डा मच्चाएको छ। सोमबार दिउँसो एक्कासी नदीको बाहब बढीले एक जना बेपत्ता भएका छन्। बाख्रालाई चरनक्षेत्रबाट ल्याएर फर्किने क्रममा काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर ६५ बर्षिय बलबहादुर गर्बुजा बेपत्ता भएका हुन्।

कर्मनासा बाढीले डुबायो हात्तीवन

लगातारको वर्षापछि ललितपुरको हात्तीवन क्षेत्र भएर बग्ने कर्मनासा खोलामा आएको बाढी बस्तीमा पसेको छ। स्थानीयवासी र जग्गा ठेकेदारहरूले खोला क्षेत्र अतिक्रमण गरी साघुँरो पारेपछि सोमबार हात्तीवन क्षेत्र डुबानमा परेको हो।

बाढीपहिरोका कारण ३० लाख मानिस प्रभावित हुनसक्ने

यस वर्ष बाढी तथा डुबानका कारण १२ लाख ५० हजार, पहिरोका कारण २ लाख ५० हजार र पानीजन्य अन्य घटनाबाट १५ लाख मानिस प्रभावित हुने अनुमान छ।

धादिङको आगिन्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिञ्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुइ वर्षीया छोरी अन्जिता खाँण रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

ठाउँठाउँमा पहिरो, आठजनाको मृत्यु

निरन्तरको वर्षाका कारण गएको पहिरोमा पुरिएर सोमबार काठमाडौं, धादिङ, गोरखा, तनहुँ र दार्चुलामा गरी आठजनाको मृत्यु भएको छ। एक जना घाइते छन् भने दर्जनौं परिवार विस्थापित भएका छन्।

तनहुँको भानुमा पहिरोले पुरिएर एकै परिवारका दुईको मृत्यु

अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा तनहुँको भानुमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–९ सिमलगैह्राका ८० वर्षीया तिलमाया धौराली र उनकी नातिनी १५ वर्षीया सीताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

दार्चुलामा पहिरोले दुईको मृत्यु, सात घर पुरिए

दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ, भने सात घर पुरिएका छन् । हरजितसिंह ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्