१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

सराङकोट पहिरो पीडितलाई सहयोग

सराङकोट पहिरोमा ज्यान गुमाएकाहरुको परिवार तथा आफन्त एवं घाइतेलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै गण्डकी प्रदेशका लेखा समितिका सभापति कुमार खड्का । तस्बिर : नागरिक

गत असार २५ गते सराङकोटमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवार तथा आफन्त र घाइतेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पहिरोमा परी ज्यान गुमाएकोहरुको मंगलबार १३ औं दिनको पूण्यतिथिको अवसरमा अमेरिका र स्कटल्याण्डबाट प्राप्त आर्थिक सहयोगलाई परिवार आफन्त र घाइतेलाई हस्तान्तरण गरिएको हो । 

स्थानीय चीनबहादुर बानियाँ तथा शिवप्रसाद तिमिल्सिनाको समन्वयमा अमेरिकाबाट संकलित ४ लाख १५ हजार ४ सय ७७ रुपैयाँ हस्तान्तरण गरिएको हो । अमेरिकामा रहदै आएका सराङकोट निवासी शिव बानियाँको सक्रियतामा आर्थिक सहयोग संकलन गरी पठाइएको हो । स्कटल्याण्डका जोनी पहारीले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको स्थानीय चीनबहादुर बानियाँले जानकारी दिए ।

पोखरा महानगरपालिका–१८ सराङ्कोटमा पहिरो जाँदा एकैपरिवारका पाँचजनाको ज्यान गएको थियो । शुक्रबार बिहान करिब पौने ३ बजेतिर झरेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिदा उनीसहित पाँच जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा घरधनी ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापासहित आफन्त ६ वर्षीय सुहान थापा, ८ वर्षीय शितल श्रेष्ठ र ११ वर्षीया ईशिका थापाको मृत्यु भएको थियो ।

मृतक टंकका तीन छोरीलाई ३ लाख १५ हजार ४ सय ७७ रुपैयाँ तीन वर्षे मुद्धती खातामा छ । खातामा रहेको रकमबाट प्राप्त व्याज निकाल्न पाउने गरी व्यवस्था गरिएको बानियाँले जानकारी दिए । पिङ्की थापामगर, तिलिसा थापामगर र आशा थापामगरको नाममा बैंक खातामा राखिएको हो । त्यसैगरी पहिरोमा ज्यान गुमाएका सुहान थापा मगर, शितल श्रेष्ठ र ईशिका थापाको परिवारलाई भने नगद २० हजार रुपैयाँ प्रदान गरिएको छ । 

पहिरोमा घाइते भएका सरस्वती श्रेष्ठ र रश्मी थापाको उपचारको लागि समेत २०/२० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । मंगलबार तेह्रौं दिनको अवसरमा गण्डकी प्रदेश सदस्य कुमार खड्का, प्रदेश सदस्य विन्दुकुमार थापा, नेपाली कांग्रेसकी नेतृ शारदा पौडेल, रामजी कुँवर, सरस्वती गुरुङ लगायतले नगद परिवार तथा आफन्तलाई हस्तान्तरण गरेका हुन् ।

स्थानीयस्तरबाटै पनि राहत एवं सहयोग रकम संकलन अभियान गरिएको छ । सराङकोट पछिल्लो समय पहिरोको उच्च जोखिममा छ । २०७२  सालमै सराङकोटमै पहिरो गएको थियो । 

प्रकाशित: ६ श्रावण २०७७ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App