ठाकुरबाबा नगरपालिका-४ नम्बरको वडाको उपनिर्वाचनका लागि दुई मतदान केन्द्रमा पाँच वटा बुथ मार्फत भोट खसाल्ने तयारी गरिएको छ। तीन मतदान केन्द्रमा रहने पाँच वटा बुथको स्थान छनोट भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए।
तीन वटा मतदान केन्द्र र पाँच वटा बुथमा २५ जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए। उनका अनुसार पाँच वटा बुथमा पाँच–पाँच जना कर्मचारीको प्रबन्ध मिलाइएको छ। कर्मचारी नियूत्ति लगायतका काम कार्यालयले टुगांएको छ। यसै गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भईसकेको छ। तालिम प्राप्त मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरेर निर्वाचन क्षेत्रमा पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको छ।
उपनिर्वाचनका लागि मुख्य निर्वाचन कार्यालयले कर्मचारी खटाउनेदेखि मतदाता आवागमन हुने सडकको अवस्थाको बारेमा सम्बन्धित सरोकारवालाले अनुगमन गरिसकेका छन्।
वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन्। जसमध्ये महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ६ सय ७१ जना रहेका छन्। २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मंसिर १६ गते तोकिएको आसन्न निर्वाचनका लागि वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि ६ राजनीतिक पार्टी निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्।
बाहिरी घेरामा सेना
उप निर्वाचनलाई मध्य नजर गर्दे र सुरक्षा संवेदनशीलता हेरेर उद्घाटन, शिलान्यास जस्ता गतिविधि रोकिरहेको छ। मतदान केन्द्र र बुथमा कडा सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएको छ। सुरक्षा संबेदनशिलतालाई हेरेर बाहिरी घेरामा नेपाली सेना रहने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए। ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि निर्वाचन अवधिभर व्यापक रुपमा परिचालित हुन्छन्’ उनले भने,‘मतदान केन्द्र र बुथका लागि तीन घेराको सुरक्षा रणनीति अपनाइएको छ।’
उनका अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाले सुरक्षा दिनेछन्।
प्रकाशित: १२ मंसिर २०८१ १७:३६ बुधबार