२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडकमा गएको पहिरो हटाउन कठिन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अझै खुलेको छैन। पहिरोका कारण सोमबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसकिएको हो। स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको अवस्थामा बुधबार तातोपानी आसपास तीन स्थानमा पहिरो झरेको छ।  

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा पहिरो पन्छाउन सहज भएपनि कुलुङ क्षेत्रको हटाउन निकै कठिन भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।  

‘अहिलेसम्म अन्य क्षेत्रको पहिरो पन्छाउन सकिएको छ,’ उनले भने, ‘कुलुङ क्षेत्रको पहिरो पन्छाउन तीन दिनदेखि प्रयास भइरहेको छ।’ पासाङ ल्हामु मार्गको बेत्रावती धुन्चे र धुन्चे स्याफ्रु खण्ड भने आजबाट अवरुद्ध छैन।  

 

 

 

 

प्रकाशित: ७ श्रावण २०७७ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App