२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अपराधीलाई संरक्षण गर्ने श्रेष्ठलाई पदमुक्त गर्न माग

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै संगठनले श्रेष्ठलाई पदमुक्त गरि पिडितलाई न्याय दिन जोडदार माग गरेको हो।

स्वच्छ वातावरणको हक सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले वातावरण संरक्षणसम्बन्धी आयोगले गरेका सिफारिस कार्यान्वयन गरी सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले वातावरणसम्बन्धी कानूनीहकको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक पहल हुन, मानव अधिकारमैत्री विकास निर्माणमा जोड दिन आग्रह गरेको हो।

वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न रहस्यमय ताकेता

सर्वसाधारणसँग अर्बौं ठगेर बन्द भएका नेटवर्किङ व्यवसाय वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको आडमा ब्युँतिएपछि कम्पनी दर्ता रोक्न निर्देशन दिएको संसदीय समितिले फेरि रहस्यमय रूपमा नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न ताकेता गरेको छ।

बाघ संरक्षणमा सर्वत्र चासो मान्छे खाँदा सबै मूकदर्शक

मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो।

वीपी प्रतिष्ठानमा मृत शरीर संरक्षण गर्ने नयाँ विधि सफल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत शरीरलाई संरक्षण गर्न प्रयोग गरिएको नयाँ विधि स्याचुरेटेड साल्ट सोलुसन (एसएसएस) सफल भएको छ। विगतमा केमिकल (फर्मालिन) प्रयोग गरेर मृतक शरीरलाई संरक्षण गरिँदै आएको थियो। फर्मालिन प्रयोग गरिएको क्याडेभर (मृत शरीर) कडा हुने, रंग अलग बनाइदिने हुनाले धेरै समस्या हुने गरेको थियो।

उजाडिँदै चुरे, संकटमा मुलुकको ‘जीवनरेखा’

मुलुकको शासन अब कसरी अघि बढ्छ भन्नेमा बहस केन्द्रित भइरहँदा पूर्वराष्ट्रपति डा. रामवरण यादवले संकटमा पर्दै गएको मुलुकको जीवनरेखा ‘लाइफलाइन’बारे चिन्ता व्यक्त गरेका छन् । मधेसको मात्र नभई मुलुकको ‘लाइफलाइन’ चुरे संरक्षण नभए मानव जीवन नै संकटमा पर्नेतर्फ उनले ध्यानआकर्षण गराएका छन् ।

राउटे समुदायको संरक्षणका लागि छुट्टै समिति

जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए।

मन्त्री तुम्बाहाम्फेद्वारा अतिक्रमित सर्दु जलाधारको निरीक्षण

नेपाल सरकारले गठन गरेको सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जलाधार क्षेत्रको जग्गा व्यक्तिबाट अतिक्रमित भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले मन्त्री तुम्बाहाम्फे फिल्ड अनुगमनमा आएको उपप्रमुख भण्डारीले बताइन्।

बाल अधिकार संरक्षणका लागि ४ बुंदे प्रतिबद्धता

बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि बनाएर कार्यान्वयन गर्नका लागि पाँचथरका स्थानीय तहले प्रतिबद्धता जनाएका छन्। कानुन बने पनि कार्यान्वयका लागि स्थानीय तहले बनाउनु पर्ने कार्यविधि नबन्दा बाल अधिकार सम्बन्धी कामले प्रभावकारिता पाउन सकेको छैन।

वातावरण संरक्षणमा विद्यालय

भोट क्षेत्रका बासिन्दा समूहमा अउलतर्फ झर्ने क्रममा आफ्ना चौरी, घोडासहित बास बसेको स्थानमा समूहका व्यक्तिहरू कोही चौँरी घोडालाई दाना खुवाउनतर्फ लाग्दछन्, कोही समूहलाई खानाको चाजोपाँजो गर्नतर्फ लाग्छन्, कोही बाजा बजाउन त कोही गीत गाएर रमाइलो गर्न थाल्छन् ।

अन्योलमा अन्नपूर्ण संरक्षण क्षेत्रको भविष्य

प्रकृति संरक्षण र सामाजिक–आर्थिक विकासलाई सन्तुलन मिलाएर अन्नपूर्ण क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले सञ्चालनमा रहेको ३४ वर्ष पुरानो अन्नपूर्ण संरक्षण क्षेत्र आगामी दिनमा कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा ठोस निर्णय नहुँदा अन्योल सिर्जना भएको छ।

सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध

सम्पदा संरक्षण गर्ने नाममा नेवार समुदायलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरू बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरूबाट बच्नसमेत आग्रह गरे। हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए।

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्