coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपराधीलाई संरक्षण गर्ने श्रेष्ठलाई पदमुक्त गर्न माग

बागलुङका क्रियाशिल राजनितिक दलका भातृसंगठनहरुले अपराधीलाई संरक्षण गर्ने नेपाल सरकारका वहालवाला शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन्।  

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै संगठनले श्रेष्ठलाई पदमुक्त गरि पिडितलाई न्याय दिन जोडदार माग गरेको हो।  

भातृ संगठनद्वारा जारी  विज्ञप्तिमार्फत् एक्काइसौँ शताब्दीमा पनि जातीय विभेदका रुपमा मान्छे मारिनु एक मानवले अर्को मानवलाई पशुसरह व्यवहार गर्नु, तल्लो जातको भने पछि कोठा भाडामा नदिनु जस्ता कार्यले विश्व समुदायलाई लज्जित बनाएको जनाइएको छ। जातीय विभेद विरुद्धको कानुन आएपनि कार्यन्वयन हुन नसक्नु नै आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारले काठमाडौं स्थित सरस्वती  प्रधानको घरमा डेरा खोज्न जाँदा दलित भएकोले पहिले दिएको कोठा पनि दिन अस्विकार गरेकी थिईन्।  लगत्तै सुनारले जातिय विभेद विरुद्धको कसुरमा दलित अधिकारकर्मीहरुको ठुलो प्रयासमा मुद्दा दायर गरि घरबेटी सरस्वती प्रधानलाई प्रहरीले हिरासतमा ल्याएको थियो।  

थुनामा राखेकै अवस्थामा मन्त्री कृष्ण गोपाल श्रेष्ठले  प्रहरी कार्यालयमा पुगि प्रहरीलाई ठाडो आदेश जारी गरि प्रधानलाई  छुटाएर आफ्नै सरकारि गाडिमा राखि घर पुर्‍याएका थिए। उक्त घटनाले सम्पुर्ण  दलित समुदायको अपमान भएको नेपाल उत्पिडन जातीय मुक्ति समाज बागलुङका इन्र्चाज सुजन परियारले जानकारी दिए। कसुर गर्ने व्यक्तिलाई आवश्यक कारबाही गर्नुको साटो संरक्षण गर्नुले सिंगो दलित समुदायमा अन्याय भएको उनले बताए।

प्रकाशित: ११ असार २०७८ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App