१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ओम्नीसँग एन–९५ मास्क किन्दा तीन करोड घोटाला

स्वास्थ्य सेवा विभागले एन–९५ मास्क दुई सय ६५ मा किन्न खोजेको ठेक्का रद्द गर्दै महामारीको बहानामा प्रतिथान मास्कको चार सय ६२ रुपैयाँ लागत अनुमान राखेर मिलेमतोमा ओम्नीसँग आठ सय २९ रुपैयाँमा किन्ने सम्झौता भएको लेखा समितिको निष्कर्ष।

सल्लाह दिन नियुक्त व्यक्ति खरिद प्रक्रियामा संलग्न

संसद्को सार्वजनिक लेखा समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्कीको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

आइसोलेसनका लागि स्वास्थ्य सामग्री

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले रोल्पा सदरमुकाममा स्थापना गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ र रोल्पा अस्पतालका लागि ठूलो मात्रामा बिभिन्न स्वास्थ्य सामाग्री पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल र जिल्ला प्रसाशन कार्यालयमा पठाइएका उक्त सामग्री प्रतिनिधि सभा स्वास्थ्य तथा जनसंख्या समिति सभापती जयपुरी घर्तीले एक औपचारीक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।

तिब्बतले ताप्लेजुङलाई दिएको स्वास्थ्य सामग्री आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि दिएको आरडीटी किट र पीपीईसहितका स्वास्थ्य सामग्री ५ हजार २ सय मिटर उचाईको नेपाल–तिब्बत सीमा नाका टिपताला सम्म आई पुगेको छ।

प्रेस सेन्टर नेपालद्वारा पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

प्रेस सेन्टर नेपालले कोभिड १९ को उच्च जोखिममा पनि अग्र पङ्तीमा रहेर काम गरिरहेका पत्रकारहरुकाे सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ।

डिसिएको दुई करोड बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री, क्वारेन्टाईन सेन्टर व्यवस्थापन तथा राहत वितरण कार्य गरिरहेको छन् । डेनमार्क स्थित गैह्र सरकारी संस्था डिसिएले स्थानीय संस्थाहरुको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

अस्पताललाई सहकारीले दियो स्वास्थ्य सामग्री

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले जनसेवा सामुदायीक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

तातोपानी नाकाबाट एक अर्ब ६२ करोड मुल्यका स्वास्थ्य सामग्री भित्रिए

चीनबाट उत्तरको मुख्य तातोपानी नाका भएर पछिल्लो दुई महिनामा एक अर्ब ६२ करोड रूपैयाँभन्दा बढी मुल्यका स्वास्थ्य सामग्री नेपाल आयात भएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक हेर्दा नाका भएर कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिने १४ किसिमका स्वास्थ्य सामग्री आयात भएको देखिएको छ । गत चैत अन्तिम साताबाट नाका सञ्चालनमा आएयता तातोपानी भएर हुँदै चीनबाट एक अर्ब ६२ करोड १२ लाख ९६ हजार रुपैयाँ मुल्यका स्वास्थ्य सामग्री आयात भएको भन्सारको तथ्यांक छ ।

मूल्यको तुलना गरेकोप्रति सेनाको आपत्ति

प्रक्रिया र मापदण्डबमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, बिनातथ्य–प्रमाण आक्षेप लगाउन खोजेकोमा सेनाले आपत्ति प्रकट गरेको छ।

स्वास्थ्य कार्यालयलाई बैंकको स्वास्थ्य सामग्री

खोटाङको सालपा बिकास बैंकले स्वास्थ्य कार्यालयलाई ६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनका लागि सालपा बिकास बैंकले बुधबार भिटिएम, आरडिटी टेष्ट किट, पिपिई, केएन ९५ मास्क प्रदान गरेको हो ।

चीनले दियो भरतपुरलाई ११ लाख बराबरका स्वास्थ्य सामग्री

मित्रराष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न ११ लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

ताप्लीका २ सय ५० घरधुरी विपन्नलाई साहसको राहत

कोरोना भाईरस (कोभिड १९) कहर खेप्दै आएका गरिव तथा विपन्न वर्गका स्थानीयलाई ‘सहयोगी हातहरूको समूह (साहस) नेपाल’नामक संस्थाले राहत प्रदान गरेको छ । जिल्लाको ताप्ली गाउँपालिकाका गरिव तथा विपन्न वर्गका जनतालाई साहसले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

आफ्नै खर्चमा लाखौका सुरक्षा सामाग्री दिएपछि...

‘कोभिड १९’ संक्रमण फैलिने जोखिम बढिरहेकाबेला स्वास्थ्य सामाग्रीको जति खाँचो छ । स्वास्थ्य सामाग्रीको माग अनुसार बजारमा आपूर्ती न्यून छ । यतिबेला जसले स्वास्थ्य सामाग्री उपलब्ध गराउँन सक्छ । त्यसको वाहवाही नहुने कुरै भएन ।

स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

उनले संक्रमितको संख्या सोचेभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको जनाए ।

झापाको अमन फार्मेसीले ताप्लेजुङका लागि दियो स्वास्थ्य सामग्री

झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्