९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

मुलुकमा कोभिड–१९ का संक्रमित धेरै देखिन थालेपछि सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. भोगेन्द्रराज डोटेलले बताए । 

उनका अनुसार सङ्क्रमितको सङ्ख्या अनुमान गरिएभन्दा बढ्ने भएकाले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको हो ।  उनले संक्रमितको संख्या सोचेभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको जनाए ।

‘संक्रमितको संख्या हाम्रो हातमा रहेको छैन । केही दिनको तथ्यांक हेर्दा यो संख्या बढ्छ,’ उनले भने, ‘त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छौं,’  डोटेलले भने, ‘पहिले १ हजार ५०० सङ्क्रमित हुने अनुमान गरेका थियौं ।’  

दैनिक १५० जनाभन्दा बढी सङ्क्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै सङ्क्रमितको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।      

अहिले महाशाखासँग १ लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, १ लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनले जानकारी दिए ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App