१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तिब्बतले ताप्लेजुङलाई दिएको स्वास्थ्य सामग्री आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि दिएको आरडीटी किट र पीपीईसहितका स्वास्थ्य सामग्री ५ हजार २ सय मिटर उचाईको नेपाल–तिब्बत सीमा नाका टिपताला सम्म आई पुगेको छ।  

तिब्बतको डिङ्जी काउन्टी सरकारले ती सामग्री सीमानाका टिपताला सम्म ल्याएर नेपाली अधिकारीलाई बुझाएका छन्। सीमावर्ती फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन भोटे र ओलाङ्चुङगोलाका प्रहरी चौकीका प्रमुखलाई तिब्बती अधिकारीले स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेका छन्। हिमपातको समस्या र प्राविधिक कारणले यसअघि तिब्बतको रिउबाट टिपताला सम्म आई पुग्न कठिनाई भएको सामग्री सोमबार अपरान्ह तिब्बती अधिकारीले नेपाल अधिकारीका प्रतिनिधिलाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रवक्ता वालुङले जानकारी दिए।  

प्राविधिक कारणले तिब्बतको रिउबाट टिपताला सम्म सामान ल्याउन कठिनाई भएको तिब्बती अधिकारीको जनाउ पछि यसअघि ती सामग्री बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाको नेतृत्वमा फुङ्लिङबाट गोला पुगेको टोली रित्तै फुङ्लिङ फर्किएको थियो। वालुङका अनुसार प्राप्त भएका कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सुरक्षा सामग्री चाँडै नै सदरमुकाम फुङ्लिङतर्फ पठाउने व्यवस्था गर्ने तयारी छ।

 करिव २५ किलोमिटर टाढा रहेको टिपतालाबाट ओलाङ्चुङगोला सम्म याकले र त्यहाँबाट फक्ताङ्लुङ गाउँपालिकाको तापेथोक सम्म मान्छेलाई बोकाएर सवारी मार्ग सञ्चालन भएको स्थल सम्म पु¥याउने योजना रहेको प्रवक्ता वालुङले बताए। तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि १ हजार २ सय थान आरडीटी किट, १ हजार १ सय थान पीपीई, १ हजार २ सय थान एन–९५ मास्क, १ लाख १० हजार थान सर्जिकल मास्क र १ सय थान थर्मलगनसहितका सामग्री हस्तान्तरण गरेको छ ।  

प्रकाशित: २ असार २०७७ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App