१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य कार्यालयलाई बैंकको स्वास्थ्य सामग्री

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङलाई स्वास्थ्य सामग्री प्रदान गर्दै बैंक सञ्चालक समितिका सदस्य चन्द्रबहादुर खड्का (दायाँ)। तस्बिर : दमन/नागरिक

खोटाङको सालपा बिकास बैंकले स्वास्थ्य कार्यालयलाई ६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनका लागि सालपा बिकास बैंकले बुधबार भिटिएम, आरडिटी टेष्ट किट, पिपिई, केएन ९५ मास्क प्रदान गरेको हो ।  

‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङकै नागरिकले स्थापना गरेको बैंकले स्वास्थ्य कार्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत तथा बैंकमा कार्यरत कर्मचारी सेवासुविधाबाट ३५० थान आरडिटी टेष्ट किट, २५० थान स्वाब कलेक्सन भिटिएम, ३० सेट पिपिई सुट, केएन ९५ मास्क प्रदान गरेको हो ।

 जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा सालपा बिकास बैंकका सञ्चालक समितिका सदस्य चन्द्रबहादुर खड्काले जिल्ला समन्वय समितिका प्रमुख एबं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । बैंकले तीन लाख ५० हजारको आरडिटी किट, एक लाख १२ हजारको भिटिएम, ६९ हजार बराबरको पिपिई र मास्क प्रदान गरेको जनाएको छ । जिल्ला अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थितिमा बैंकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।  

कोरोना महामारी विरुद्धको अभियानमा हातेमालो गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बैंकका सञ्चालक समितिका सदस्य खड्काले बताए ।

प्रकाशित: २८ जेष्ठ २०७७ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App