१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डिसिएको दुई करोड बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरूले स्वास्थ्य सामाग्री, क्वारेन्टिन सेन्टर व्यवस्थापन तथा राहत वितरण कार्य गरिरहेको छन् । डेनमार्क स्थित गैह्र सरकारी संस्था डिसिएले स्थानीय संस्थाहरूको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग दुई करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

हाल सम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्ला गरी चार हजार एक सय ३४ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिम खाद्य सामाग्री वितरण गरिसकेको छ भने दुई हजार ८८ घर परिवारलाई थप स्वच्छता सामाग्री सेट (हाईजिन किट) पनि हस्तान्तरण गरेको छ ।

त्यस्तै कन्चनपुर जिल्लामा गर्भवति तथा सुत्केरी महिलाहरूका लागी छुट्टै पौष्टिक आहारहरु जस्तै घिउ, सुजी, अण्डा, बदाम, काजु जस्ता सामाग्री पनि सहयोग गरेको छ ।

त्यस्तै विभिन्न पालिकाको समन्वयमा ३३ वटा क्वारेन्टिन व्यवस्थापन लागी चाहिने बासस्थान तथा बन्दोबस्तीको सामाग्री, तथा स्वास्थ्य सरसफाई सामाग्रीहरू पनि वितरण गरेको छ । यसका साथै जनस्वास्थ्य संस्था तथा जिल्ला अस्पताल गरि जम्मा २७ वटा स्वास्थ्य केन्द्रहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरू वितरण गरेको छ । विभिन्न जिल्लामा रहेका स्थानीय संस्थाहरूको समन्वयमा डिसिए नेपालले हाल सम्म १७५ पिपिई सेट, ८४ पिपिई गाउन, ९९ थर्मल गन, ८६५ लिटर ‘स्यानिटाईजर’, २६५ प्याकेट चिकित्सा ग्लोभ्स, १९,६०० सावुन, २५,८४५ सर्जिकल मास्क, १४३५ एन ९५ मास्क लगायत सामाग्री वितरण गरिसकेको छ । यी सामाग्री सँगै दैलेख र अछामका केही क्वारेन्टिनमा खानाको व्यवस्था पनि गरिएको डिसिएले जनाएको छ।

‘हामीले स्थानीय सरकारको नेतृत्वमा तत्काल आवश्यकताका क्षेत्रहरू पहिचान गरि मानवीय सहयोगको लागि यी सामाग्रीहरु हस्तारण गरेका छौं,’  डिसिएको नेपाल स्थित कार्यलयका मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण व्यवस्थापक, दिनेश गुरुङ्गले भने, ‘पछिल्लो सहयोग भन्दा यसपाली लम्बिदै गरेको लकडाउनले गर्भवति तथा सुत्केरीहरुलाई पर्न गएको अप्ठेरोलाई मध्य नजर गरेर हामीले पौष्टिक आहरहरुको पनि व्यवस्था गरेका थियौं ।’

डिसिएले थप सहयोगका लागी पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । 'यो विषम परिस्थितिमा गैह्र सरकारी संस्थाहरुको सहकार्य अपरिहार्य छ,' बेलडाँडी गाऊँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने, 'आवश्यकता अनुसार वहाँहरु सँग समन्वय गर्दै सहयोग अगाडी बढाईरहेका छौं।'

राहत तथा स्वास्थ्य सामाग्रीका साथै डिसिएले कोरोना भाइरस बारे तयार गरेको जानकारी मुलक पुस्तिका पनि वितरण गरेको थियो । भने स्थानीय १० रेडियोहरु सँगको सहकार्यमा साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आइरहेको छस जसमा स्थानीय सरकारसँग जनताका गुनासाहरु, मनोसामाजीक परामर्स, लैगिक संरक्षण जस्ता कार्यक्रमहरु प्रसारण भइरहेको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App