२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण थालियो

गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ।

सुर्खेत बाढीपीडितका नौ वर्षः राज्यको करोडौं सकियो, पीडित अझै त्रिपालमा

२०७१ साल साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए भने एक हजार ४५ परिवार पूर्णरूपमा विस्थापित भए।

भजनीका बाढीपीडित भन्छन्- बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्।

बाढीपीडितलाई किटजन्य रोगको जोखिम

त्रिपालभित्र सुत्दा किरा, लामखुट्टे तथा सर्पको डर उस्तै रहेको छ। यिनीहरूबाट कसरी बच्ने भन्ने पीडा पनि उस्तै छ।

मनाङका बाढीपीडितः टीनको टहरोले छेकेन सिरेटो

गत असारको भीषण बाढीपहिरोले बिस्थापित भएका हिमाली जिल्ला मनाङका बासिन्दालाई चिसोले सास्ती थपिदिएको छ। मस्र्याङदी नदीको भेल र पहिरोको चपेटामा परेका नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा अझै पनि सकसमा छन्। बाढीपहिरोको चपेटामा परेका उनीहरु मध्ये कतिपयले अहिलेसम्म भरपर्दाे बसोबास व्यवस्थापन समेत गर्न सकेका छैनन्।

वडाध्यक्षको मनोमानीः कार्यकर्तालाई राहात, किसानलाई आहात

गुलरिया नगरपालिका वडा–९ का अध्यक्ष हरी पासीले मनोमानी गरेको तथ्य सार्वजनिक भएको छ। किसानले पाउने क्षतिपूर्तिका लागि गरेको सिफारिसमा वडाध्यक्षले मनोमानी गरेको खुलासा भएको हो।

बाढीपीडित भन्छन्- चामल नदेऊ, धानखेत बनाइदेऊ

यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ।

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन्।

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी दातासँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने विश्वास दिलाएका छन्।

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

हेलम्बुका बाढीपीडितको घर बन्दै

उक्त समुदायमा हेलम्बु गाउँपालिकाको डिजाइन अनुसार स्टार्ट फन्डको सहयोगमा केएर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा ३ कोठे अस्थायी आवास निर्माण कार्य सुरुभएको छ। जुन बाढीले बगाएको १ महिनामा नै उठ्ने क्रममा रहेको आत्मनिर्भर केन्द्रका कुमार थापाको भनाइ छ।

बाढीपीडित सब–डिलरलाई डिसहोमको राहत

डिसहोमले मेलम्ची बाढीबाट प्रभावित आफ्ना अधिकृत सब डिलरलाई जनही एक लाख रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ।

सहरका बाढीपीडित

अचेल प्रायः पानी परिरहन्छ। बिहानै राजधानीका धेरैजसो बासिन्दाको काम आफ्नो घरमा पसेको ढल र बाढी सफा गर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्