१९ असार २०८१ बुधबार
image/svg+xml

भजन मण्डलीका नाममा सयौं रोपनी जग्गा अतिक्रमण

वाग्मती नदी दायाँबायाँ किनारको अतिक्रमित संरचना खाली गराउन अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काम सुरु गरेपछि त्यसविरुद्ध विभिन्न तह र तप्काबाट चर्को दबाब आएको छ।

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।

सार्वजनिक शौचालयको गुणात्मक सुधार गर्नुपर्छ

सार्वजनिक स्थलमा निर्माण गरिएका शौचालयमात्र नभएर विभिन्न अस्पताल, विद्यालय, मठमन्दिर, सपिङ मल तथा सरकारी कार्यालयहरुमा निर्माण गरिएका शौचालयको समेत प्रयोग गर्न सकिन्छ भन्ने सन्देश यस वर्षको शौचालय दिवसमा दिन खोजिएको छ।

वडा कार्यालयको शौचालयमा शव फेला

उनका अनुसार शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन्।

अस्पतालको शौचालयमा पुरुष मृत फेला

मृत फेला परेका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको मोरङ प्रहरीले जनाएको छ।

शौचालय निर्माणका क्रममा बचेको एक लाख विद्यालयलाई हस्तान्तरण

हाल उपभोक्ता समितिको नाममा ‘कमाउ धन्धा’ चलाइएका उदाहरण प्रशस्तै देखिन्छन्। उपभोक्ता समितिमा बस्ने र थोरै बजेटमा टालटुले काम गरेर लाभ लिने प्रवृत्ति बढ्दो छ।

कारागारको शौचालयमा झुण्डिएर कैदिबन्दीद्वारा आत्महत्या

उनले चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए। २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको बताईएको छ।

धनगढीमा शौचालय नबनाउँदै खुला दिसामुक्त घोषणा

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा राजधानी रहेको धनगढीमा सार्वजनिक शौचालय छैन। धनगढीका मुख्य व्यापारिक केन्द्र, सार्वजनिक सरोकारका कार्यालय, चौराह, चौक तथा मुख्य बजार लाइनमै सार्वजनिक शौचालय नहुँदा आगन्तुक तथा यात्रुले सास्ती खेप्नु परेको छ।

क्वारेन्टिनमा क्षमताभन्दा तेब्बर व्यक्ति, न शौचालय, न बाथरुम

महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा करिब सय जना क्षमता भएको क्वारेन्टिनमा अढाइ सय व्यक्तिलाई राखिएको छ । १२ वटा कोठामा भुइमै ओछयाइएको त्रिपालमा उनीहरू कोच्चिएर बसिरहेका छन् । भारतबाट आएकाहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको हुँदा दुरी कायम गरेर बस्न सरकारले आदेश दिएको विषयमा क्वारेन्टिनका हरेक व्यक्ति ज्ञात छन् ।

भरियो क्वारेन्टिनको शौचालय

हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ।

दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव

खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ।

६ लेन सडक किनारमै 'स्मार्ट शौचालय'

रुपन्देहीको शंकरनगरमा ६ लेन सडकमै स्मार्ट सौचालय निर्माण गरीएको छ। शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो पटक अत्याधुनिक सार्वजनिक शौचालय बनाएको हो।

प्रदेश राजधानीमा ‘स्मार्ट शौचालय’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पिपल चौतारी सार्वजनिक सभा सम्मेलन हुने प्रमुख ठाउँ हो। पिपल चौतारी नजिकै दुई वटा विद्यालय पनि छन्। प्रायः दैनिक हुने सभा सम्मेलनमा सहभागी हुनेहरुका लागि नजिकै सार्वजनिक शौचालय भने थिएन। होटल, व्यक्तिका घर र सार्वजनिक ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो। त्यहीँ पिपल चौतारीमा शुक्रबारदेखि पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त शौचालय सञ्चालनमा आएको छ।

एनआरएनले ३ शौचालय बनाउने

काठमाडौं उपत्यकाकामा गैरआवासीय नेपाली संघ (एनआरएन)ले तीन स्थानमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्