२१ असार २०८१ शुक्रबार
image/svg+xml

शौचालयको सेफ्टिट्याङकीमा युवतीको शव फेला

धादिङको सिद्धलेकमा शौचालयको सेफ्टिट्याङकीमा एक युवतीको शव फेला परेको छ। सिद्धलेक गाउँपालिका वडा नं ३ आम्कोटमा एक युवतीको शव शौचालयको सेफ्टि ट्याङकीमा फेला परेको हो। स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टिट्याङकीमा हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो।

घाँस बेचेर शौच !

घाँस बेचेर नै रोजीरोटी चलाउने यी समुदायका मानिस घरमा नभएकाले सार्वजनिक शौचालयमा शौच गर्न जान्छन्। टोलका कसैका घरमा शौचालय छैनन्। सार्वजनिक शौचालय प्रयोग गरेवापत उनीहरूले महिनाको रु १५० तिर्नुपर्छ।

शौचालय जान चियाको बहाना

न्यूरोडमा सामान किन्दै गरेका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उनी हतारमा एउटा चिया पसलमा छिरे । साहुजीलाई चिया पकाउन अर्‍हाउँदै शौचालयको सोधीखोजी गरेर शौच गर्न गए ।

सार्वजनिक शौचालय नहुँदा बटुवालाई सकस

‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौं शौचालय दिवस मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

राजधानीमै सार्वजनिक शौचालय अभाव

संघीय राजधानी काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्रका यात्रीले शौच रोकेर बस्न बाध्य छन्। यसको सबैभन्दा बढी मार अपांगता भएका व्यक्ति तथा महिलाले बढी समस्या भोग्नुपरेको छ।

सार्वजनिक शौचालय नहुँदा बाहिरै शौच

उपत्यकामै पर्याप्त मात्रामा सार्वजनिक शौचालय नभए पनि सरकारले दक्षिण एसियामा नेपाल पहिलोे खुला दिसामुक्त राष्ट्र घोषणा गरेको दाबी गरेको छ।

शौचालय नहुँदा पर्यटक दिक्क

पर्यटकीय क्षेत्र लेकसाइडको मूल सडकसँगै जोडिएको छ– लेकभ्यू रिसोर्ट। मूल सडक भएकाले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ओहोरदोहोर निकै चलिरहन्छ। तर, पैदल हिँडिरहेका कतिपय पाहुना बेलाबेला हतारिँदै रिसोर्टतिर छिर्छन्। हतारिँदै रिसोर्ट छिरेका सबै पाहुना खानपिनका लागि गएका हुँदैनन्, उनीहरुको एकमात्र उद्देश्य शौच गर्नु हुन्छ।

सार्वजनिक शौचालयविनै खुला दिसामुक्त घोषणा, कार्यान्वयनमा चुनौति

सोलुखुम्बुलाई मुलुककै ७६ औ जिल्लाको रुपमा असोज ३ गते खुल्लादिसामुक्त घोषणा गरेपनि सार्वजनिक शौचालय नहुँदा घोषणाको औचित्यमाथी प्रश्न उठेको छ।

बेल्नहिम दरबारमा रहेको सुनको शौचालय चोरियो

आगन्तुकहरुलाई प्रयोगका गर्न लागि आमन्त्रण गरिएको र प्रयोग गर्न मिल्ने खालको उक्त शौचालय हालसम्म फेला परेको छैन। यद्यपि चोरीको आशंकामा एक ६६ वर्षे वृद्ध पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

चार वर्षदेखि प्रयोगविहिन सार्वजनिक शौचालय

सर्वसाधारणहरुको पहुँचभन्दा टाढा बनाइएकोले प्रयोगमा नआएको हो। अहिले शौचालयहरु खण्डहरमा परिणत भएका छन्। ३ वटा पायक नपर्ने स्थानमा बनाएको र १ वटा विद्यालयभित्र बनाएका कारण सदरमुकाम आउने नागरिकहरुले प्रयोग गर्न पाएका छैनन्।

सुविधा सम्पन्न सार्वजनिक शौचालयको उद्घाटन

ताप्लेजुुङको फुङ्लिङ बजारस्थित तोक्मेहाट क्षेत्रमा बनेको सुविधा सम्पन्न सार्वजनिक शौचालयको सोमबार उद्घाटन गरिएको छ।

सेनाले बनाइदियो सार्वजनिक शौचालय

जिल्लाको मुसीकोट नगरपालिका ४ सितपोखरीमा नरसिंह दल गण रुकुम सल्लेले सार्वजनिक शौचालय निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ। उक्त ठाउँमा सर्वसाधारणको हत्याधिक भीड हुने गर्दछ।

पशुपतिमा १० मोबाइल र एक घुम्ती शौचालय सञ्चालनमा ल्याइँदै

पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।

सार्वजनिक शौचालय अभावले पर्यटकलाई सास्ती

हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू संस्कृतिमा रमाउन, प्राकृतिक सुन्दरतामा मन बहलाउनका लागि पनि पर्यटकहरू सौराहा आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि सौराहामा पर्यटकीय गतिविधि बढ्दै गएको हो। पहिलेपहिले वन्यजन्तु अवलोकन गर्न यहाँ आउने पर्यटकहरू ‘टेन्ट’मै रात पनि बिताउथे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्