१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।

उक्त शाखाका प्रबन्धक चेतराज पाण्डेले वडा नम्बर ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई ट्यांकी हस्तान्तरण गरेको बैंकले जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि विज्ञप्तिमा उल्लेख छ। महालक्ष्मीले एक सय तीन शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित: २७ मंसिर २०७८ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App