२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

एनआरएनले ३ शौचालय बनाउने

काठमाडौं – काठमाडौं उपत्यकाकामा गैरआवासीय नेपाली संघ (एनआरएन)ले तीन स्थानमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। कोटेश्वर, कलंकी र महाराजगञ्जमा दुई करोड ५६ लाख रुपैयाँका दरले सुविधान सम्पनन शौचालय निर्माण गर्न लागिएको एनआरएनका अध्यक्ष कुमार पन्तले जनकारी दिए। कोटेश्वर र कलंकीमा पहिलो चरणमा र महाराजगञ्जमा भने देस्रो चरणमा शौचालय निमार्ण गर्ने तयारी रहेको उनले बताए।

सार्वजनिक शौचालयहरू शारीरिक अपांगमैत्री र बालबालिकालेसमेत सहज रूपमा प्रयोग गर्न सक्ने ढंगले निर्माणको तयारी भएको बताइएको छ। शौचालय निर्माणपछि व्यवस्थापनको जिम्मा कुनै एक कम्पनीलाई दिने तयारी रहेको एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले बताए।

प्रकाशित: २१ माघ २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App