१७ असार २०८१ सोमबार
image/svg+xml

डेढ सय दलित घर परिवारलाई शौचालय

सिरहाको लहान नगरपालिका– ५ स्थित बालुवाटोलका दलित समुदायका मानिस घरभन्दा सुन्दर शौचालय बनेकाेमा दङ्ग छन्।

भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई नेपालीले खाना खुवाउनुका साथै शौचालय प्रदान गरे

एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।

नेपालमा ७ प्रतिशत परिवार शौचालय बाहिरै

नेपालमा अहिले पनि ७ प्रतिशत घरपरिवारले शौचालय बाहिरै दिसा–पिसाब गर्ने गरेको तथ्याकंले औँल्याएको छ।

आज विश्व शौचालय दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १९ नोभेम्बर।अर्थात विश्व शौचालय दिवस। नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ।

पानी जोगाउने शौचालय

कुनै समय सारा संसार खुला ठाउँमा शौच गथ्र्यो। पछि ठूलाठालुहरूका लागि शौचपछि सफा गरिदिने व्यक्ति नियुक्त हुन थाले। तिनले घरभित्रै शौच गरे पनि सहयोगीले कोपरा सफा गरिदिन्थे।

खानेपानीकै पिरलो

सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीलाई खोपानीको मात्र होइन, शौचालयको पनि समस्या छ। शौचालयको उचित व्यवस्था छैन। छात्र र छात्राका लागि शौचालय व्यवस्था भए पनि प्रयोगविहीन अवस्थामा छन्।

कोहलपुरमा निःशुल्क शौचालय

सहर–बजारमा सबैभन्दा ठूलो समस्या भनेको सार्वजनिक शौचालयको हो। भएका सार्वजनिक शौचालयमा पनि चर्काे मूल्य र अव्यवस्थित हुँदा नागरिकले हैरानी खेप्नुपरेको अवस्था थियो।

शहरी तथा राजमार्ग वरपर एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने सरकारको घोषणा

सरकारले शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ।

हट्यो सार्वजनिक शौचालय शुल्क

कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।

सार्वजनिक शौचालय बनाउन महानगरपालिकाद्वारा एनआरएनसँग सम्झौता

पोखरा महानगरपालिकाले पोखरा–९ महेन्द्रपुल शौचालय निर्माण गर्न गैरआवासीय नेपाली संघसँग सम्झौता गरेको छ। शौचालय बनाउन महानगर र एनआरएन बीच सम्झौता भएको हो।

सिङ्गो दलित बस्ती शौचालयविहीन

सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ। दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन्।

पर्याप्त सुविधासहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

शौचालयको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिलाई अन्य स्थानमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए। शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै शौचालयलाई सिकाई केन्द्रको रूपमा विकास गर्न सकिने बताए।

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

विमानको शौचालयमा दुई किलो सुन, सफाइ कर्मचारी सहित पाँच जना पक्राउ

सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्‍यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्