१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपालमा ७ प्रतिशत परिवार शौचालय बाहिरै

सन्दर्भ: विश्व शौचालय दिवस

आज विश्वभर शौचालय दिवस मनाइरहेका छन्। नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइरहेका छन्। तर नेपालमा अहिले पनि ७ प्रतिशत घरपरिवारले शौचालय बाहिरै दिसा–पिसाब गर्ने गरेको तथ्याकंले औँल्याएको छ। नेपाल स्वास्थ्य तथा जनसांखिक सर्वेक्षण २०२२ ले नेपालले यस्तो तथ्याकं औँल्याएको हो।

सरकारले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको चार वर्ष अघि खुल्ला दिसामुक्त राष्ट्र घोषणा पनि गरेको थियो। सर्वेक्षण अनुसार नेपालमा ७३ प्रतिशत घरपरिवारमा आधारभूत स्तरका शौचालय छन्। पाँच जना मध्येमा १ जनाले अहिले पनि सुधार नगरिएको शौचालय छ। शौचालयको सुविधा सहर,गाउँ अनुसार फरक–फरक छैन। भौगोलिक क्षेत्र अनुसार आधारभूत शौचालयको सुविधा तराइ क्षेत्रमा ६९ प्रतिशत घरधुरीमा छ भने हिमाल र पहाडी क्षेत्रका ७७ प्रतिशत  घरपरिवारमा छ।

सरकारले वि.स. २०७६ सालमा मात्र नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको  थियो। खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको तीन वर्षमै पुन ७ प्रतिशतले खुल्ला ठाउँमा दिसा  गर्नुलाई खानेपानी ,सरसफाइ तथा ढल निकास विभागका महानिर्देशक तिरेष प्रसाद खत्रीले  तराइका क्षेत्रमा अहिले पनि खुल्ला ठाउँमा दिसा गर्ने समस्या कायमै रहेको बताए। धेरै घरपरिवारले शौचालय भित्र दिसा गरेपनि केहीले बाहिरै गर्ने गरेको पाइएपछि अध्ययन टोली गठन गरी कारणको खोजी गरी बाँकी सङ्ख्यालाई शौचालयको  ल्याउने गरी अघि बढिरहेको बताए।

सचिव खत्रीका अनुसार तराइका जिल्लाहरूमा शौचालय  निर्माणकै बेलामा भौगोलिक स्थितिलाई ध्यान नदिई बनाएको कारण पनि समस्या आएको हो। मुख्य रुपमा   वर्षाको बेला  शौचालयको सतह भन्दा पानी या बाढीले चर्पी डुबेको र केही संख्यामा भने सफाइको अहिले पनि जनचेतना नपुगेकै कारण खुल्ला ठाउँमा दिसा गर्ने गरेको पाइएको खत्रीले बताए। अध्ययन टोलीको प्रतिवेदन पछि मात्र खुल्ला दिसा गरिने ठाउँहरूमा पुन शौचालय निर्माण गर्ने र जनचेतनाको कार्यक्रम समेत दिने तयारी भइरहेको महानिर्देशक खत्रीले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रदेश दुई का प्रवक्ता तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक मुक्ति नारायण शाहका अनुसार सरकारले चर्पी निर्माण गरेर गएपछि पुन अनुगमन नगरेको कारण अहिलेको समस्या आएको हो। अहिले पनि एउटा पुरानो पुस्ता मधेसमा जसले शौचालय भित्र शौच गर्न जानेकै छैन। उनीहरुलाई शौचालयको  प्रयोग गर्न अभ्यस्त हुन नसकेपछि खुल्ला ठाउँमै पुरानो तरिकाले शौच गर्ने गरेको पाइएको बताए।

खुल्ला ठाउँमा दिसा–पिसाब गरेकोले तराइमा वर्षातको समयमा झाडापखाला लाग्ने, टाइफाइड हुने जस्ता रोगहरु वर्षेैनी देखिने गरेको प्रमुख साहले बताए। उनको अनुसार अहिले पनि खुल्ला दिसा गर्नेहरू विपन्न परिवारका र शैक्षिक रुपमा पछि परेको समुदायमा बढी समस्या छ। 

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि विश्व शौचालय दिवस मनाइन सुरु गरेको हो। मानवजन्य दिसा–पिसाबबाट उत्पन्न कीटाणु वाट हुने सङ्क्रमणबाट बचाउन, शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानीको विकास गर्न यो दिवस मनाउन सुरु गरेको थियो।

राष्ट्र सङ्घका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुला स्थानमा दिसा–पिसाब गर्दछन्। खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा। शेर बहादुर पुनको अनुसार नेपालमा विकसित मुलुकमा कमै देखा पर्ने सङ्क्रामक रोगहरु नेपालमा अहिले पनि बर्षेनी उल्लेख्य संख्यामा देखिन्छन्। जुन रोगहरु अव्यवस्थित शौचालयबाट हुने दिसा–पिसाबसँग सम्बन्धित छन्। दिसा–पिसाबको संक्रमणबाट हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस जस्ता रोगहरु लाग्छन्। यो रोग नेपालमा हरेक गर्मी महिनामा बढी मात्रामा देखिन्छ।

प्रकाशित: ३ मंसिर २०८० ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App