२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरलाई २५ करोड ६९ लाख जरिवाना, ३ वर्ष कैद

विशेष अदालतले विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गर्दै १२ करोड ८४ लाख ८७ हजार ९ सय ५५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना कायम गरेको छ।

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।

मध्यपुर थिमिले सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।

जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

मैदान सरसफाइमा जुट्दै भक्तपुरका खेलाडी

बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका– ७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए।

पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान

भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।

आँखा पाक्ने रोगको कारण भक्तपुरका विद्यालय धमाधम बन्द

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।

भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।

भक्तपुरका युवाले निकाले मशाल जुलुश

नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ।

चुनावसँंगै नगरकोट सडक बनाउन तातिए दलहरु

चुनावसँंगै भक्तपुरका राजनीतिक दलका उम्मेदवारहरु भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रेका छन्। उनीहरुले बुधबार बिहान दुई घण्टा सडक अवरुद्ध गरेका छन्।

भक्तपुरको पुख्र्यौली व्यवसाय तोरीको तेलको पुनर्उत्थान सुरु

भक्तपुरका मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगको पुनर्उत्थान थालिएको छ। यसका लागि पुख्र्यौली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनीसमेत भएको छ।

'जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो'

भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ। नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन।

भक्तपुरका चार नगरपालिकाः मेयरमा ३५, उपमेयरमा १७ जनाको उम्मेदवारी

भक्तपुरको चार वटा नगरपालिकाहरुमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी मेयर पदका लागि ३५ जनाको उम्मेदवारी परेको छ।

चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

दसैंलक्षित भक्तपुरका मिनिमार्टको अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार नगरको कमलबिनायमा रहेका तीन वटा मिनिमार्ट पसलहरु अनुगमन गरिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्